• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभामा आज तीन वटा मन्त्रालयको बजेटमाथि छलफल हुने ★   राष्ट्रपति पौडेल जर्मनीमा ★   ओली र लामिछानेले किन दाहाललाई तर्साउन थाले ? ★   हारेको खेलबाट नेपालले जितेको प्रशंसा, देश भित्रको अवस्था भने दयालाग्दो ★   पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो ★   बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन ★   सुदूरपश्चिम प्रदेशः रु ३१ अर्ब ६२ करोड बजेट पेस ★   एमाले संसदीय दल बैठक–कानून निर्माणमा चनाखो भएर भुमिका निर्वाह गर्न अध्यक्ष ओलीको निर्देशन ★   कोशी प्रदेशः ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक ★   गण्डकी प्रदेशः आगामी आवका लागि रु ३२ अर्ब ९७ करोड बजेट

अंगिकृत नागरिकताको बारेमा राष्ट्रपति र मेरो धारणा समान: प्रचण्ड



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता बिधेयकका बारेमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली संग छलफल गर्नुभएको छ ।

अध्यक्ष प्रचण्ड सहित माओवादी नेताको टोली शीतल निवास गएको थियो । प्रचण्डलेअंगिकृत नागरिकताको बारेमा राष्ट्रपतिले राख्नु भएको चासो र आफूहरुको धारण समान रहेको जानकारी गराउनु भएको थियो ।

प्रचण्डले संसदमा यो विषयमा राष्ट्रिय सहमति बन्न नसकेका कारण विधेयकमा कुनै नयाँ व्यवस्था नगरिएको जानकारी गराउनु भयो । प्रचण्डको सचिवालयका अनुसार उहाँले यसबारे पार्टीको धारणाा संसदमा रेकर्ड गराएको बताउनुभयो ।

उहाँले सरकारले पनि यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएको उल्लेख गर्दे तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरु राज्यविहिन बन्ने अवस्था अन्त्य गर्नका लागि यो विधेयक ल्याइएको जानकारी गराउनुभयो ।

दाहालको सचिवालयका अनुसार यो विधेयक तत्कालीन प्रधानमन्त्री केपी ओली पेश गरि राष्ट्रपति द्वारा प्रमाणीकरण गरिएको अध्यादेशको व्यवस्था अनुसार रहेको दाबी गर्नुभयो । उहाँले यसलाई अनावश्यक राजनीतिकरण गरिनु दुस्खद भएको पनि बताउनु भएको थियो ।