२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबान नेतासँग अमेरिकी गुप्तचरको भेट



अ+ अ-

एजेन्सी । अमेरिकी गुप्तचर एजेन्सी सीआईका निर्देशकले तालिबान नेतालाई गोप्य रुपमा भेट गरेका छन् । 

सोमबार सीआईएका निर्देशकले काबुलमा तालिबान नेता अब्दुल गनी बरादरलाई भेटेको अमेरिकी पत्रिका वासिङ्टन पोस्टले प्रकाशित गरेको छ ।

अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि कुनै उच्च अमेरिकी अधिकारी र तालिबान नेताबीच भएको यो पहिलो उच्चस्तरीय भेट रहेको छ ।

वासिङ्टन पोस्टका अनुसार सीआईएका निर्देशक विलियम जे बन्र्स गोप्य भेटका लागि काबुल पुगेका थिए ।