२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले कारवाही गरेका २ सांसदको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार



अ+ अ-

बुटवल । सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी ब्युँताएपछि नेकपा एमालेमा प्रवेश गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट कारबाहीमा परेका लुम्बिनीका दुई सांसदको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

माओवादीबाट उम्मेदवार भइ सांसद भएका दधिराम न्यौपाने र दिनेश पन्थीलाई माओवादीले आफ्नो दल त्याग गरेको भन्दै कारवाही गरेको थियो ।

उक्त कारवाहीविरूद्ध उनीहरू सर्वोच्च अदालत गएका थिए ।

न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासले उनीहरू दुवै नेकपा एमालेको केन्द्रीय समितिमा भएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।