२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बयानका लागि निलम्बित प्रधानन्यायाधीश राणा महाअभियोग सिफारिस समितिमा उपस्थित



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समिति समक्ष बयान दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा समितिको कार्यकक्षमा पुग्नु भएको छ । समितिले निलम्बित प्रधानन्यायाधीश राणालाई आज बिहान ११ बजे सोधपुछका लागि बोलाएको थियो ।

भाद्र ८ गते बसेको समितिको बैठकले राणालाई बोलाउने निर्णय गरेको थियो ।

राणा बिरुद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएनले महाअभियोगको आरोप पुष्टि हुने दाबीका सहित ३५ बुदे प्रमाण महाअभियोग सिफारिस समितिमा बुझाएको छ ।
मुख्य गरेर राणाले संविधान र कानूनको गम्भीर उल्लंघन गरेको ,भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको ,कार्यक्षमताको अभावरखराब आचरण भएको र इमानदारीपूर्वक जिम्मेवारी पूरा नगरेको बिषयमा लागेको आरोपका सन्दर्भमा आफ्नो स्पष्टिकरण दिनु हुने छ ।
उहाँ विरुद्ध गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए ।