२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बयानका लागि निलम्बित प्रधानन्यायाधीश राणा महाअभियोग सिफारिस समितिमा उपस्थित



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समिति समक्ष बयान दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा समितिको कार्यकक्षमा पुग्नु भएको छ । समितिले निलम्बित प्रधानन्यायाधीश राणालाई आज बिहान ११ बजे सोधपुछका लागि बोलाएको थियो ।

भाद्र ८ गते बसेको समितिको बैठकले राणालाई बोलाउने निर्णय गरेको थियो ।

राणा बिरुद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएनले महाअभियोगको आरोप पुष्टि हुने दाबीका सहित ३५ बुदे प्रमाण महाअभियोग सिफारिस समितिमा बुझाएको छ ।
मुख्य गरेर राणाले संविधान र कानूनको गम्भीर उल्लंघन गरेको ,भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको ,कार्यक्षमताको अभावरखराब आचरण भएको र इमानदारीपूर्वक जिम्मेवारी पूरा नगरेको बिषयमा लागेको आरोपका सन्दर्भमा आफ्नो स्पष्टिकरण दिनु हुने छ ।
उहाँ विरुद्ध गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए ।