• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

मोरङबाट चुनावमा उठ्ने रेखा थापाको तयारी



काठमाडौँ । नायिका समेत रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रेखा थापाले मोरङबाट प्रतिनिधिसभाको निर्वाचनमा उठ्ने तयारी गरेकी छन् ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उनको नाम मोरङ क्षेत्र नम्बर ३ बाट सिफारिस भएको हो ।

यद्यपि, उनी मोरङ – ६ बाट उठ्ने चर्चा पनि रहेको छ । नेकपा एमालेसँग राप्रपाको तालमेल भए थापाले उम्मेदवार बन्ने तयारी गरेकी हुन् । मोरङ क्षेत्र नम्बर– ६ मा सत्तारुढ गठबन्धनबाट कांग्रेस नेता डा. शेखर कोइराला उम्मेदवार बन्ने लगभग निश्चित छ । एमालेले लालबाबु पण्डितलाई अघि सार्ने तयारी गरेको छ । तर पण्डितको लोकप्रियता खस्कीएका कारण राप्रपासँग गठबन्धन भए मोरङ ६ राप्रपालाई छाड्ने सम्भावना छ ।

राप्रपासँग तालमेल भए क्षेत्र नम्बर ६ मा रेखा थापालाई उठाउने तयारी छ । सो क्षेत्रबाट थापा उठे पण्डितलाई समानुपातिक सूचीमा लैजाने सम्भावना रहेको छ ।

राप्रपा नेतृ रेखा थापाले गठबन्धन भए मोरङबाट उम्मेदवार बन्ने बताएकी छिन् । थापाले आफ्नो घर मोरङ भएकोले गठबन्धन भए मोरङको जहाँबाट पनि उम्मेदवार बन्न आफू तयार रहेको जनाएकी छन् ।