२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि केही दिनसम्म धेरै भारी वर्षा हुने



अ+ अ-

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने मनसुनको न्युन चापीय रेखा तराई भूभागको केही नजिक रहेको जनाएको छ ।

बुधबार बिहान देशभर सामान्य देखि पूर्ण बदली रही  प्रदेश १,२, बागमती  र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशहरूका थोरै स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ।

यस्तै दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै प्रदेश १, २, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै देशभर सामान्य हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १,२, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ ।