२७ भाद्र २०८३, शनिबार
,
Latest
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई ४४ रनले पराजित देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि केही दिनसम्म धेरै भारी वर्षा हुने



अ+ अ-

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने मनसुनको न्युन चापीय रेखा तराई भूभागको केही नजिक रहेको जनाएको छ ।

बुधबार बिहान देशभर सामान्य देखि पूर्ण बदली रही  प्रदेश १,२, बागमती  र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशहरूका थोरै स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ।

यस्तै दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै प्रदेश १, २, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै देशभर सामान्य हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १,२, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ ।