• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता: रमेशलाई स्वर्ण ★   गगनलाई गृहमन्त्री लामिछानेको चुनौतिः सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिनुस् राजनीति छोडिदिन्छु ★   उपप्रधान एवं गृहमन्त्रीसँग निलहिरा समाजका प्रतिनिधिको छलफल ★   दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश ★   बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान ★   वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत ★   सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने ★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ?

तीजमा पशुपति: पूजा, आराधना र नाचगान (फोटो फिचर/भिडियो)



आज हरितालिका तीज । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वी महिलाले महादेवको पूजा आराधना गरेर यो पर्व मनाउँदै छन् ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिनमा तीज मनाउने गरिन्छ । आज काठमाडौंको पशुपतिनाथ मन्दिर लगायतका देशभरका शिवालयहरुमा व्रतालु महिलाहरुको भीड लागेको छ । पशुपति नाथको पूजा, आराधनाका लागि पशुपतिनाथमा पनि भक्तालु एवं व्रतालु महिलाको घुइँचो लागेको छ ।

भगवान शिवको पूजा, आराधना गर्दै हर्षोल्लासपूर्वक मनाइने तिज पर्वमा आज पशुपति नाथमा रातो सारी र गरगहनाले सजिएका महिलाहरु पशुपतिनाथको दर्शनका लागि लाइनमा बसेका छन् । मन्दिर आसपासमा महिलाहरु नाचगान गर्दै रमाईलो गरिरहेको देख्न सकिन्छ । अन्य वर्षहरुको भन्दा यस पटक पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन राम्रो गरेको व्रतालु महिलाहरु बताउँछन् । अन्य समय दर्शनका लागि घण्टौं कुर्नुपर्ने समस्या भएको तर यस पटक भने १५/२० मिनेटमा नै दर्शन गर्न सकिएको भन्दै खुशी प्रकट गरे ।

त्यस्तै पशुपति क्षेत्र विकास कोषको संस्कृति महाशाखाका निमित्त प्रमुख गौरीशंकर पराजुलीले सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेर सबै सुरक्षाको व्यवस्थापन गरेकोले व्यवस्थाजपन कार्यमा कठिनाइ नभएको बताउनु भयो । उहाँले क्षेत्र विकास कोषले आज दिनभरका लागि नै सबै ढोका दर्शनार्थीहरुका लागि खोलेको र जुन ढोकाबाट दर्शन गरेको हो सोही ढोकाबाट बाहिर निस्किने व्यवस्था मिलाएकोले व्यवस्थापनमा कठिनाइ नभएको बताउनु भयो ।

उहाँले व्रतालुको स्वासथ्य हेरचाहका लागि पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका अस्पतालका स्वास्थ्यकर्मीहरुको टोली खटाइएको बताउनु भयो । उहाँले व्यवस्थापन सहजताका लागि नेपाल प्रहरी र विभिन्न सामाजिक संस्थाहरु परिचालन गरिएको बताउनु भयो ।

आज महादेव र देवी पार्वतीको व्रत बसेर पूजा आराधना गरे पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता अनुसार तीज मनाउने चलन छ । हिजो ९सोमवार० दर खाएपछि औपचारिक रुपमा शुरु भएको यो पर्व बिहीवार ऋषि पञ्चमीसम्म मनाइन्छ । आज तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि पर्व समाप्त हुन्छ ।

तीजलाई महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट पोख्ने पर्वका रुपमा समेत लिने गरिन्छ । अविवाहित महिलाले आजको दिन निराहार व्रत बसे महादेवजस्तै पति पाउने र विवाहित महिलाले भने परिवारको कल्याणका लागि व्रत बस्ने गर्दछन् । आज देशभरका शिवालयहरुमा महिला भक्तालुहरुको भीड लाग्छ ।