११ श्रावण २०८३, सोमबार
,
Latest
कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित साउनको सोमवार देवघाटमा श्रद्धालुको उपस्थिति न्युन एनभिएल अक्सनमा १४ खेलाडी सर्वाधिक मूल्यमा, सबैभन्दा बढी रुचाइए चिरञ्जीवी र सनोज अमेरिकामा २१३ औॅं भानुभक्त तथा १०३ औॅं धर्मराज थापा जयन्ती सम्पन्न आज संघीय संसदका तीन समितिको बैठक बस्दै टेक्सासमा ४४औँ विपी स्मृति दिवस मनाइयो साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो सुनसरीका हरिनगर र देवानगञ्ज गाउँपालिकाभर निषेधाज्ञा देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल केन्यासँग सात रनले पराजित



अ+ अ-

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको चौंथो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल पराजित भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल. केन्यासँग ७ रनले पराजित भएको हो ।

केन्याले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

केन्याका रकिप पटेलले ३ विकेट लिए । भिराज पटेल, शेम एन्गोचे र एलिज्ह ओटिनोले २र२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १ सय १ रन बनाएको थियो ।

केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए भने कोलिन्स अबुयाले २० रन जोडे । नेपालका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । यस्तै आदील अन्सारीले २ तथा साहब आलम र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

पाँच खेलको टी–ट्वान्टी सिरिजमा नेपाल र केन्या २–२ को अवस्थामा रहेको छ । नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी–ट्वान्टी मंगलबार हुनेछ ।

टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।