२७ भाद्र २०८३, शनिबार
,
Latest
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई ४४ रनले पराजित देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी कार्यालयमै २४ घण्टा रिले अनसन बस्दै कांग्रेस जिल्ला सभापतिहरू



अ+ अ-

काठमाडौं । नेपाली कांग्रसका जिल्ला सभापतिहरूले रिले अनसनमा सुरु गर्ने भएका छन् । संस्थापनइतर समूहका जिल्ला सभापतीहरुले आजदेखि रिले अनसन सुरु गर्ने भएका हुन् । 

क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्नेलगायत माग राखी मंगलबार पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका उनीहरूले आजबाट रिले अनसन सुरु गर्ने भएका हुन् । 

तीन बुँदे मागसहित बस्न लागएिको २४ घण्टे रिले अनसनको पहिलो दिन आज नुवाकोटका जगदीश्वर नरसिंह केसी, काभ्रेका सभापति मधु आचार्य र धदिङका रमेश धमला अनसन बस्न लागेको छन् । 

नुवाकोटका जगदीश्वर नरसिंह केसीकाअनुसार उनीहरू २४ घण्टा रिले अनसन बसेपछि अन्य जिल्लाका तीन जना सभापती अनसनमा बस्नेछन् ।

मंगलबार धर्ना कार्यक्रममा पुगेर नेपाली काँग्रेसका नेताहरू शेखर कोइराला, अर्जुन नरसिंह केसी र गगन थापालगायतले ऐक्यबद्धता जनाएका थिए । 

नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने मिति तोकिएको छ । सोही कार्यक्रमअन्‍तरगत भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गर्ने कार्यतालिका छ ।