१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चले अवहेलना मुद्दामा बालेनसँग माग्यो ७ दिनभित्र जवाफ (आदेशसहित)



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध परेको अवहेलना मुद्दामा सर्वोच्च अदालतले जवाफ मागेको छ ।

सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले बालेनसँग लिखित जवाफ माग गरेको हो । सर्वोच्च अदालतले ७ आफै वा आफ्नो कानूनबमोजिमको प्रविधिमार्फत दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

सामाजिक सञ्जालमा नर्भिकले नियम मिचेर बनाएका संरचना भत्काउन सर्वोच्चले रोक लगाएपछि बालेन्द्रले नक्सा पास र कारबाहीको अधिकार पनि सर्वोच्चलाई नै दिउँ भन्दै पोष्ट गरेपछि उनीविरुद्ध अदालतको अवहेलना मुद्दा परेको थियो ।