१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेल पक्षको बैठक सकियो, के के भए निर्णय



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षिय भेला सकिएको छ । बुधबार पूर्व महामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा सुरु भएको बैठक  जिल्ला सभापतिहरूले राखेका मागमा समर्थन  सकिएको हो । 

क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने र निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग गर्दै जिल्ला सभापतिहरूले मंगलबार पार्टी कार्यालय सानेपामा धर्ना दिएका थिए भने बुधबार रिले अनसन गर्ने बताएका छन्।  

जिल्ला सभापतिहरूले उठाएका मागमा समर्थन गर्ने निर्णय भएको एक नेताले बताएका छन् । 

छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, शेखर कोइरालालगायत सहभागी थिए। 

यस्तै पौडेल पक्षले तोकिएकै समयमा अधिवेशनहरू गर्न नेतृत्वको ध्यानाकर्षण गराउने भएको छ। 

कांग्रेसका नेताहरूबीच क्रियाशील विवाद रहेका ठाउँमा पुरानै क्रियाशीलबाट अधिवेशन गर्ने सहमति गरेको छ।