२७ भाद्र २०८३, शनिबार
,
Latest
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई ४४ रनले पराजित देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटक बस चढेर आयोगमा पुगे माधव नेपाल



अ+ अ-

काठमाडौं । नयाँ दल दर्ताका लागि हस्ताक्षर सनाखत गर्न माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् । बुधबार प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष नेपाल लगायतका नेताहरू हस्ताक्षर सनाखतका लागि निर्वाचन आयोग पुगेका हुन् । आयोगले  उनीहरूलाई सनाखत गर्न आज बोलाएको थियो।

अध्यक्ष माधवकुमार नेपालसहित सांसद तथा केन्द्रीय सदस्य केहीबेरअघि आयोग पुगेका हुन्। नेपालसहितका नेताहरू गत सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका थिए। आज उनीहरू चन्द्रागिरिबाट सोझै निर्वाचन आयोग गएका हुन्।

केही समयअघि जारी भएको अध्यादेशअनुसार नयाँ पार्टी दर्ता गर्न नेपाल समूहले नेकपा एमालको केन्द्रीय कमिटी वा संसदीय दलका २० सदस्य आफूसँग भएको प्रमाणित गर्नु पर्नेछ। नेता नेपाल बेदुराम भुसालसँगै अग्रपंक्तिमा अगाडि बढेका थिए ।  

नेपाल र भुसालसँगै रामकुमारी झाँक्री, प्रेम आले, विरोध खतिवडा, मेटमणि चौधरी लगायतका सांसदहरू पनि निर्वाचन आयोग पुगेका छन् । उनीहरूलाई सनाखत गर्नका लागि आयोगले बुधबार दिउँसो दुई बजेसम्मको समय तोकेको छ।

बुधबारै जनता समाजवादी पार्टीबाट फुटेका महन्थ ठाकुरका नेताहरूले पनि नयाँ पार्टी दर्ताका लागि सनाखत गर्दैछन्। प्रस्ताविक पार्टीका अध्यक्ष नेपाल टुरिस्ट बस चढेर निर्वाचन आयोग पुगेका थिए ।