२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

६२ केन्द्रीय सदस्य र ३१ सांसद सनाखतका लागि आएका छौं : प्रेम आले



file photo
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य प्रेम आलेले आफूहरूसँग साविक एमालेका ६२ केन्द्रीय सदस्य र ३१ सांसद रहेको दाबी गरेका छन् । 

बुधबार आयोगमा पुगेका सांसद आलेले नयाँ दल दर्ताका लागि आवश्यक केन्द्रीय समिति र संसदीय दलमा २० प्रतिशत पुग्ने दाबी गरेका हुन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरेर एमालेका १५५ सांसद छन् । २० प्रतिशतको लागि ३१ सांसदको आवश्यकता पर्छ । 

संसदीय दलमा २० प्रतिशत नपुगे पनि केन्द्रीय कमिटीमा मात्र २० प्रतिशत उपस्थित भए पनि माधव नेपालको पार्टीले आधिकारिकता पाउने छ । 

हस्ताक्षर सनाखत भएमा निर्वाचन आयोगले आजै दल दर्ताको प्रमाणपत्र दिने तयारी रहेको स्रोतले बतायो ।