२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतमा सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) विरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सुनुवाइ भएको छ ।

अधिवक्ता दीपकराज जोशीले महानगर प्रमुख साहमाथि अदालतको अवहेलनाको आरोपमा कारवाही हुनुपर्ने माग राखी दिएको निवेदनमाथि न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको हो ।

नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सो आदेशको विरुद्धमा ‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी बालेनले प्रतिक्रिया दिनुभएको थियो ।

यो पनि पढ्नुहोसनक्सा पास गर्ने अधिकार सर्वोच्च अदालतलाई दिइयोस: महानगर प्रमुख साह

अधिवक्ता जोशीले बालेनको सो प्रतिक्रियाले अदालतको अवज्ञा भएको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।