काठमाडौँ । सर्वोच्च अदालतमा सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) विरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सुनुवाइ भएको छ ।
अधिवक्ता दीपकराज जोशीले महानगर प्रमुख साहमाथि अदालतको अवहेलनाको आरोपमा कारवाही हुनुपर्ने माग राखी दिएको निवेदनमाथि न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको हो ।
नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सो आदेशको विरुद्धमा ‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी बालेनले प्रतिक्रिया दिनुभएको थियो ।
यो पनि पढ्नुहोस – नक्सा पास गर्ने अधिकार सर्वोच्च अदालतलाई दिइयोस: महानगर प्रमुख साह
अधिवक्ता जोशीले बालेनको सो प्रतिक्रियाले अदालतको अवज्ञा भएको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।