७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पदाधिकारीहरु राष्ट्रपति भवन शीतल निवासमा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस पदाधिकारीहरु राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका देउवासँगै कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर थापा सोमबार दिउँसो शीतल निवास पुग्नुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भेट्न बोलाएपछि उहाँहरु शीतल निवास पुग्नुभएको बताइएको छ ।

नागरिकता विधेयक विषयमा राष्ट्रपति भण्डारी र सत्तारुढ दलबीच पछिल्लो समय दूरी बढेको छ । संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक राष्ट्रपतिले पुनर्विचारका लागि सन्देशसहित संसद्मै फिर्ता पठाउनुभएको थियो । प्रतिनिधिसभाले सो विधेयकमाथि कुनै पुनर्विचार नगरी हुबहु पारित गरेपछि राष्ट्रपति भण्डारी र सत्तारुढ दलबीच दूरी बढेको हो ।