२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्वीकृत भइसकेको संशोधनबारे छलफल गर्नु उपयुक्त हुँदैन: गृहमन्त्री खाँण



अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकमा अस्वीकृत भइसकेको संशोधनबारे छलफल गर्न उपयुक्त नहुने बताउनुभएको छ ।

विधायन व्यवस्थापन समितिमा सोमबार भएको छलफलमा उहाँले नागरिकता विधेयक स्वीकृत गर्दा अस्वीकृत भइसकेको संशोधनमा छलफल गरिरहनु उपयुक्त नहुने बताउनुभएको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नागरिकता विधेयकबारे सरकारको धारणा आएपछि आफूहरुलाई सहज हुने बताएका थिए ।

राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले अहिले फिर्ता आइसकेपछि पहिले हालेको संशोधन के हुन्छ भनी प्रश्न गर्दै छलफल गर्न मिल्छ भने संशोधनकर्तालाई बोलाउनुपर्ने बताउनुभयो ।

गृहमन्त्री खाँणले राष्ट्रपतिको पत्रको सम्मान गरेको बताउनुभयो । उहाँले हाम्रो संसदीय अभ्यासमा विधेयक प्रमाणीकरणका लागि पठाएपछि संदेशसहित फिर्ता आउनु स्वाभाविक प्रक्रिया भएको भन्दै यसैलाई सरकारले सम्मान गर्न चाहेको बताउनुभयो ।

उहाँले नागरिकता विधेयक स्वीकृत गर्दा अस्वीकृत भइसहेको संशोधनमाथि छलफल नहुने बताउनुभयो । उहाँले राष्ट्रपतिले पठाएको सन्देशमाथि नै छलफल गर्न उपयुक्त हुने धारणा राख्नुभयो ।

फोटो- रासस