१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवासहित कांग्रेस पदाधिकारीले राष्ट्रपतिलाई भेट्दै



अ+ अ-

काठमाडौँ । सरकार प्रमुखका रुपमा नभई नेपाली कांग्रेसका सभापतिका हैसियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्दै हुनुहुन्छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न कांग्रेस सभापति देउवा दिउँसो २ बजे पार्टी पदाधिकारीसहित राष्ट्रपति भवन शीतल निवास जाँदै हुनुहुन्छ ।

भेटको एजेण्डाबारे अहिलेसम्म केही जानकारी प्राप्त भएको छैन । नागरिकता विधेयक विषयमा राष्ट्रपति भण्डारी र सत्तारुढ दलबीच पछिल्लो समय दूरी बढेको छ ।

संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक राष्ट्रपतिले पुनर्विचारका लागि सन्देशसहित संसद्मै फिर्ता पठाउनुभएको थियो । प्रतिनिधिसभाले सो विधेयकमाथि कुनै पुनर्विचार नगरी हुबहु पारित गरेपछि राष्ट्रपति भण्डारी र सत्तारुढ दलबीच दूरी बढेको हो ।