११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

त्रिभुवन विश्वविद्यालयमा सरकारी संरक्षणमा गुण्डागर्दी भयो: प्रमुख प्रतिपक्षी (भिडियो)

त्रिभुवन विश्वविद्यालयमा सरकारी संरक्षणमा गुण्डागर्दी भयो: प्रमुख प्रतिपक्षी (भिडियो)
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले त्रिभुवन विश्वविद्यालयमा सरकार संरक्षित गुण्डागर्दी भएको आरोप लगाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका सासंद प्रदीप ज्ञवालीले सरकारको संरक्षणमा सत्तारुढ दलका भ्रातृसंगठनले प्राध्यापकको ज्यान लिने प्रयास गरेको तीन वर्षमा ३०० दिन तालाबन्दी गरेको र कार्यालयहरु तोडफोड गर्नुका साथै माइन्युट समेत च्यातेर अराजकता मच्चाउँदा पनि कुलपति, सहकुलपति र गृहमनत्री मौन रहनु आपत्तिजनक रहेको बताउनुभयो ।

उहाँले कुनै समयमा नेविसंघको नेतृत्व गर्नुभएका प्रधानमन्त्री र गृहमन्त्रीले कस्तो शिक्षा दिन खोजेको हो भन्दै प्रश्न गर्नुभयो । “त्यस समयमा मण्डलेबाट आक्रमण हुन्थ्यो। आज त्यही घटना दोहोरिएको छ, के उहाँहरु मौका नपाएर मण्डले नहुनु भएको हो रु”, ज्ञवालीले भन्नुभयो, “यस्तो विषयले प्रधानमन्त्री, शिक्षामन्त्री र गृहमन्त्रीलाई पोल्नु पर्दैन रु”

नेता ज्ञवालीले भन्नुभयो, “आफूलाई चित्त नबुझेको खण्डमा राष्ट्रबैंकको गभर्नरमाथि हमला, रेडक्रसमाथि हमला, विश्वविद्यालयमाथि हमला, के सरकारले चाहेको यही हो ? विश्वविद्यालयको कार्यलय बूढानीलकण्ठमै सार्न खोजेको हो भने पनि प्रधानमन्त्रीले भन्नुपर्यो ।”

उहाँले उहाँले यस विषयमा रुलिङ नभएसम्म बैठक चल्न नसक्ने जनाउनुभयो । सभामुख अग्नि सापकोटाले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको जानकारी गराउँदै यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएपछि बैठक सुचारु भएको छ ।