११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

नाम पोषणको, काम कुपोषणको

नाम पोषणको, काम कुपोषणको
अ अ+ अ-

केही वर्षअघि बीबीसीमा नेस्ले कम्पनीको व्यापारिक प्रवर्धन गर्ने मानिस, विश्व स्वास्थ्य संघका चिकित्सक र जनस्वास्थ्य क्षेत्रमा कार्यरत केही व्यक्तिको छलफल हेरेकी थिएँ। कसरी नेस्ले कम्पनीले दिने विज्ञापनले गर्दा उपभोक्ताहरूमा भ्रम फैलिएको छ र त्यसले कसरी बालबालिकाको स्वास्थ्यमा नराम्रो असर पारिरहेको छ भन्ने विषयमा छलफलमा कुरा चलेको थियो।

नेस्ले कम्पनीमा कार्यरत व्यक्तिले भने, ‘हो, कतिपय कुरामा हाम्रो कमजोरी रहेको छ र हामीले सच्याउने कोशिश गरेका छौं।’ बीबीसीको त्यो कार्यक्रमले विज्ञापनको भ्रमले हाम्रो देशमा पनि गइरहेको गलत सन्देशको बारेमा केही लेख्न उत्प्रेरित गर्‍यो।

कुनै पनि माल–सामानको विज्ञापन आफैंमा नराम्रो होइन। आजको संसारमा त्यो व्यापारको एक अंग भइसकेको छ, तर समस्या त गलत, झूटो, भ्रामक विज्ञापनको हो।
नेपाल र भारतका टिभी, पत्रपत्रिकाहरूमा ‘शिशु आहार’ बनाउने एक बहुराष्ट्रिय कम्पनीले विज्ञापन गरिरहन्छ। उक्त विज्ञापनमा भनिएको छ( ‘यो विशेष खाना आहारलाई दूधमा मिलाएर पिएपछि बच्चा अग्लो, स्मार्ट हुन्छ र उसको मस्तिष्क तेज बन्छ।’

नेपाल र भारतका टिभीमा देखाइने यो विज्ञापन बेलायतमा पनि प्रसारित भयो। तर त्यहाँको सरकारी निकाय एड्भर्टाइजिङ स्ट्याण्डर्ड अथोरिटीबाट विशेष जाँच गराएपछि थाहा भयो कि उक्त विज्ञापनमा एक प्रतिशत पनि सत्यता छैन।

सरकारले त्यस कम्पनीलाई प्रश्न गरेपछि कम्पनीको जवाफ थियो( ‘यो विज्ञापन त भारतको लागि बनेको थियो, गल्तीले बेलायतमा प्रसारित भएछ।’ उक्त विज्ञापन प्रसारण बेलायतमा रोक लाग्यो।

अहिले पनि वेब साइट मा गएर यो गलत विज्ञापनको बारेमा  हेर्न सकिन्छ तर हाम्रो रेडियोमा त अझै पनि यस्तै बज्दैछ। यसको अर्थ बहुराष्ट्रिय कम्पनीहरूले विकसित देशमा झूट र भ्रमको विज्ञापन गर्न पाउँदैन तर हाम्रो जस्तो देशमा जति झूट र भ्रमपूर्ण विज्ञापन गर्न पनि छुट छ त ?

कतिपय खानेकुराको विज्ञापनमा भनिएको हुन्छ-‘घरमा भएका खानेकुराले बच्चालाई पोषण पुग्दैन। त्यसैले बाहिरको पोषण किनेर क्याल्सियम र आइरन बच्चाको शरीरमा पुर्‍याउनुपर्छ।’

अनि पोषणमा भाषण छाट्ने मानिस र स्वास्थ्य मन्त्रालयका जिम्मेवार अधिकारीहरू मौनता साधिरहन्छन्। कसैले भन्दैन कि यो गलत कुरा हो। भात, दाल, रोटी, भटमास, दूध, मकै, दही आदि घरेलु खानेकुराले नै बच्चालाई सम्पूर्ण पोषण हुन्छ भनेर भ्रमपूर्ण प्रचारको प्रतिवाद पनि हुँदैन। कि त हामीलाई पनि हाम्रो घरको खानेकुराले पुग्दैन र बाहिरका खानेकुरा नभई बच्चाको स्वास्थ्य राम्रो हुँदैन भन्ने भ्रम अझै छ?

उपभोक्ता समितिहरूले पनि यस्तो गलत विज्ञापनको विषयमा कतै उजुरी हालेको पाइन्न। ठगिने त सर्वसाधारण उपभोक्ता हुन्छन्। घरमा २० रूपैयाँमा बन्ने पौष्टिक आहार छाडेर बाहिरका २०० रूपैयाँ पर्ने अति कम पौष्टिक आहार भएको खानेकुराको बट्टा किन्छन् अनि बच्चालाई दिन्छन्। उपभोक्ता जागरूक भएर ती बाहिरको खानेकुरामा के राखिएको छ भनेर हेर्दैनौं। त्यसमा लेखिएको कुरा पढ्ने हो भने सजिलै थाहा पाउन सकिन्छ कि विज्ञापन कति गलत छ।

त्यस्ता बट्टाका खानेकुरामा गहुँ, जौ, चामल, चिनी जस्ता घरमा पाइने खानेकुरा नै हुन्छन्। त्यसमा विशेष रूपले क्याल्सियम मिलाएको छ, वा भिटामिन ‘ए’ भनेर थपिन्छ।
हाम्रो तपाईंको घरमा के यी खानेकुरा पाइँदैन र रु क्याल्सियम खानेकुरामा मिसाउनै पर्दैन, दूध, दही, ज्वानो जस्ता खानेकुरामा जति पनि क्याल्सियम हुन्छ। भिटामिन ‘ए’ त हरियो तरकारी, कर्कलो, गाँजरमा पाइन्न र ?

भटमास वा क्वाँटी ख्वाउँदा यसले बच्चालाई प्रोटिन दिन्छ। घरको दाल, चामल नै बच्चाको लागि पोषणयुक्त हुन्छन्। बाहिर बट्टाको खानेकुराको जरूरत पर्दैन। यसो भनेर विज्ञापन कसले दिने रु किनभने भटमासको विज्ञापनमा पैसा छैन तर त्यही भटमासलाई राम्रोसँग प्याक गरेर प्लाष्टिकमा राखेर विज्ञापन गर्‍यो भने हामी घरको भटमासको सट्टा त्यही भटमास धेरै रूपैयाँ खर्च गरेर किन्छौं।

उपभोक्ताहरू जागरूक हुने हो भने त यस्ता विज्ञापन कम्पनीले अति झूट कम बोल्थे कि रु किनभने गलत विज्ञापनको विरुद्ध भ्रम चिर्दै प्रचारप्रसार गर्ने संस्थाहरू निकै कम छन्। त्यस्ता संस्थाहरूको विभिन्न मिडियामा पहुँच नै छैन। सरकारी निकायबाट यस्ता पहलहरू भइरहेका छैनन्।

हाम्रो देशमा उत्पादन हुने विभिन्न खाद्य वस्तुहरूमा प्रशस्त मात्रामा पौष्टिक तत्वहरू पाइन्छन्। गाउँघरमा उत्पादन तथा तयार हुने खाद्य वस्तुहरूमा गरिएको वैज्ञानिक अध्ययन विश्लेषणबाट कम मूल्यमा बढी पौष्टिक तत्वहरू भएको खाद्य वस्तु प्राप्त गर्न सकिने पुष्टि भएको छ।

बजारमा किनिने तयारी खाद्यवस्तुको प्याकेजिङका लागि थप साधनस्रोतको उपयोग गर्नुपर्ने हुन्छ। थप आकर्षक बनाउनका लागि रङ्गीन बट्टा वा कागजको प्रयोग गर्नुपर्ने हुन्छ। यसको लागि थप खर्च र व्यापारीले लिने नाफाको अंश जोड्दा वस्तुको मूल्य निश्चय नै बढी हुन्छ।

यसको सट्टा गाउँघरमै तयार गर्न सकिने खाद्य वस्तुलाई प्रयोग गर्न सकेमा कम मूल्यमा अधिकतम लाभ लिन सकिन्छ। साथै कुपोषणको समस्या पनि कम हुनसक्छ।