५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका दुई मन्त्रीले दिए राजीनामा



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले आज राजिनामा दिएका छन् । नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजिनामा दिनुभएको हो ।

माओवादी केन्द्र संसदीय दलले उनीहरूलाई सरकारबाट फिर्ता बोलाएपछि मन्त्री पदबाट राजिनामा दिनुभएको हो । राजिनामा पत्र बुझे लगत्तै मुख्यमन्त्री जीवनबहादुर शाहीले दुवैको राजिनामा स्वीकृत गरी सक्नुभएको छ ।

उहाँहरूको राजिनामासँगै सरकारले सोमबार नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेको छ । सरकारको मन्त्रिपरिषद्लाई समावेशी बनाउन मन्त्री परिवर्तन गर्न लागिएको जनाइएको छ ।

सोमबार नयाँ मन्त्रीको नियुक्त हुने मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो । माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले मन्त्रीका लागि सांसद रातो कामी र कृष्णा शाहलाई सिफारिस गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।