२७ भाद्र २०८३, शनिबार
,
Latest
युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीद्वारा भैरहवा विमानस्थलको प्रगतिबारे जानकारी



अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमा बोलाएर आज विमानस्थलको प्रगतिबारे जानकारी लिनुभएको हो ।
 
मन्त्री खाँणको जिज्ञासामा सचिव कोइराला र महानिर्देशक पोखरेलले क्यालिवेशन फ्लाइटका लागि भारतलाई आग्रह गरिएको र भारतीय टोली आएर काम पूरा गरेपछि तीन महिनामा उद्घाटन गर्न सक्ने अवस्थामा पुग्ने जानकारी गराउनुभएको छ । अन्य आवश्यकपर्ने भवन र भौतिक संरचना तयार भएका र फिनिसिङको काम भइरहेको जानकारी गराउनुभयो ।

मन्त्री खाँडको भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरुआत भएपछि आन्तरिक उडानमा कस्तो चाप पर्छ भन्ने जिज्ञासामा महानिर्देशक पोखरेलले खासै असर नगर्ने जानकारी गराउनुभएको थियो । 

उहाँहरुले विमानस्थल निर्माणको प्रगति, देखिएका समस्या, अन्तर्राष्ट्रिय उडान र अवतरणमा देखिने समस्या तथा रातजनीतिक तहबाट समाधान गर्ने विषयबारे मन्त्री खाँणलाई अवगत गराउनुभएको थियो ।