९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

कुलचन्द्र गौतमको ‘आत्मकथा’ सार्वजनिक

कुलचन्द्र गौतमको ‘आत्मकथा’ सार्वजनिक
अ अ+ अ-

काठमाडौं । दुर्लभ अनुभवहरु समेटिएको ‘कुलचन्द्र गौतमको आत्मकथा’ सार्वजनिक भएको छ । पुस्तकलाई पब्लिकेशन नेपालयले तयार पारेको हो । राणाकालतिरै गुल्मीको दुर्गम भेगमा जन्मिएका एक सामान्य नेपालीले आफ्नै बलबुताबाट राष्ट्रसंघीय मुख्यालयमा उपल्लो ओहदासम्म पुगेको यात्रालाई पुस्तकमा समेटिएको छ ।

त्यसअघि सत्तरीको दशकदेखि एक्काइसौं शताब्दीको प्रारम्भसम्मै विश्व इतिहासलाई प्रभावित पारेका थुप्रै मुलुकमा राष्ट्रसंघीय निकायका प्रतिनिधि बनेर उनले त्यहाँका महिला तथा बाल अधिकार सम्बन्धि समस्याको समाधानमा जुट्ने अवसर पाउनु भएको थियो । विश्वले चिनेका ठूला नेतादेखि लिएर राष्ट्र एवं सरकार प्रमुखहरुसँग टेबलमा बसेर गरेको वार्ता देखी कतिपयसँग त तिनका घरमै पुगेर ‘चियर्स’ गरेको अनुभव पुस्तकमा रहेको छ । गौतमका भोगाइ र संघर्ष अहिलेको पुस्ताका निम्ति रोचक कथा प्रतीत हुने नेपालले जनाएको छ ।

एसएलसीलगत्तै अमेरिकी विश्वविद्यालयको छात्रवृत्ति पाएका गौतमलाई पढ्न जानका निम्ति तत्कालीन सरकारले पासपोर्ट दिन मानेन । यो मामला उतिबेला शिक्षा मन्त्रालयको एउटा टेबलबाट माथि उठेर मन्त्रीपरिषद् हुँदै स्वयं तत्कालीन राजा महेन्द्रसम्म पुगेको रोचक जानकारी पुस्तकमा समेटिएको छ ।

यसरी गौतमले मुलुक भित्रैबाट थालेको संघर्षबाट सुरूभएको यात्रा कालान्तरमा अमेरिकी विश्वविद्यालयहरु हुँदै संयुक्त राष्ट्रसंघको सहायक महासचिव एवं युनिसेफका उप–कार्यकारी निर्देशकसम्म पुगेको छ ।

यसअघि पनि पब्लिकेशन नेपालयबाटै अंग्रेजीमा गौतमको जीवनी प्रकाशन भइसकेको छ । प्रस्तुत पुस्तक ‘कुलचन्द्र गौतमः आत्मकथा’ भने लेखक गिरीश गिरीसँगको सहकार्यमा तयार पारिएको हो ।

यो पुस्तक विश्व इतिहासलाई प्रभावित पारेका महत्वपूर्ण घटनाहरूमा पनि प्रवेश गरेको छ । गौतमले युनिसेफको जागिर सुरुगर्दा पहिलो जिम्मेवारी नै कम्बोडियाको राजधानी नोम्पेन्हबाट थालेका थिए । त्यतिबेला ‘पूर्वको प्यारिस’ भनिने नोम्पेन्हमा एकातिर भर्खर विहेगरेर श्रीमतीसहित पुगेका तन्नेरी गौतमको रोमान्स चलिरहेको हुन्छ भने अर्कोतिर मेकोङ नदीको पारिबाट लगातार विद्रोही खमेररुजले गरिरहेका बम प्रहार । यस्तै अवस्थाका बीच गौतमले काम गर्दागर्दै एकदिन नोमपेन्हको पतन हुन्छ । राजधानी विद्रोहीको कब्जामा परेपछि भएभरका विदेशीहरुको भागाभाग चल्छ । गौतम पनि ज्यान जोगाएर भाग्छन् ।

त्यसपछि पनि लगातार गौतमले एकपछि अर्को संकटग्रस्त मुलुकहरुमा जिम्मेवारी सम्हाल्दै जान्छन् ।

लामो कालखण्डसम्म हामीले सुन्दै आएको संसारकै महत्वपूर्ण घटना र तिनका पात्रबारे हाम्रै नेपालीले गरेको प्रत्यक्षदर्शी वर्णनको रुपमा पनि यो पुस्तक अघि बढेको छ । नेल्शन मण्डेलाजस्ता बितेको शताब्दीकै गिनेचुनेका नायकहरुसँगको ब्यक्तिगत अनुभवहरु पुस्तकमा समेटिएका छन् ।

गौतमलाई उनी अध्ययनरत अमेरिकी संस्था ‘डार्टमथ’ले हालै मानार्थ विद्यावारिधिसमेत प्रदान गरेको छ । सन् १७६९ मा स्थापित डार्टमथ उत्कृष्ठ अमेरिकी शिक्षण संस्थाहरुको समूह ‘आइभी लिग’ अन्तर्गत पर्छ । गौतमले सन् १९६८ को सेप्टेम्बरबाट त्यहाँ पढाइ सुरुगरेका थिए । त्यो शिक्षण संस्था स्थापना भएको दुइसय वर्षपछि पहिलोपटक गौतमकै पहलमा सन् १९७० मा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको एशोशिएसन खोलिएको थियो र त्यसको पहिलो अध्यक्ष पनि गौतम नै निर्वाचित भएका थिए । डार्टमथबाट ‘अन्तर्राष्ट्रिय सम्वन्ध’मा स्नातक गरेका गौतमले लगत्तै अमेरिकाकै प्रिन्सटन विश्वविद्यालयबाट ‘आर्थिक विकास र आधुनिकीकरण’मा स्नातकोत्तर गरे ।

त्यसलगत्तै उनले युनिसेफको जागिरबाट ब्यावसायिक जीवन सुरुगरेका थिए ।

सन् २००८ मा राष्ट्रसंघको सेवाबाट अवकाश लिएका गौतमले त्यसपछि पनि थुप्रै अन्तर्राष्ट्रिय संघ संस्थामा आवद्धता जनाउनुका साथै नेपालको शान्ति प्रकृयामा पनि नागरिक अगुवाका रुपमा सघाउ पु¥याउने काम गर्दै आएका छन् । बि। सं। २०६६ ( २०६८ मा उनी नेपालको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय मामिला सम्बन्धमा प्रधानमन्त्रीको अवैतनिक विशेष सल्लाहकार समेत थिए ।

गौतमलाई मानार्थ विद्यावारिधि प्रदान गर्नुअघि पनि डार्टमथ कलेजले उसका सवैभन्दा प्रतिष्ठित पूर्व विद्यार्थीहरुलाई प्रदान गर्दैआएको ‘मार्टिन लुथर किंग जुनियर सोसल जष्टिस अवार्ड’ तथा ‘लेस्टर बी ग्रेन्जर अवार्ड फर लाइफटाइम अचिभमेन्ट’ जस्ता सम्मान सन् २००९ मा प्रदानगरेको थियो । त्यसको छ वर्षपछि सन् २०१५ मा पनि दिक्षान्त समारोहमा विद्यार्थीहरुलाई सम्वोधनका निम्ति विशेष वक्ताका रुपमा गौतमलाई डार्टमथले निम्त्याएको थियो । उनलाई यसरी सम्वोधन गर्ने निम्तो डार्टमथका अध्यक्ष जिम योङ किमले दिएका थिए जो पछि विश्व बैंकका अध्यक्षसमेत बन्न पुगे ।

‘मेरो जीवनकथा अब नेपाली पाठकहरु माझ पनि आउँदै गर्दा असाध्यै खुशी छु,’ गौतम भन्छन्, ‘मैले पाएका अवसरहरु, सामना गरेका चूनौति र चालेका पाइलाहरु भावी पुस्ताका नेपालीहरुको निम्ति उपयोगी हुने विश्वास छ ।’

‘हामीले विगतमा प्रकाशन गर्दै आएको जीवनी पुस्तकका सिलसिलालाई नै निरन्तरता दिएर यो कृति पनि तयार पारेका हौं,’ पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘नेपालको अत्यन्त पिछडिएको ग्रामीण परिवेशबाट आफ्नै बलबूताले उभिएर संयुक्तराष्ट्र संघको मुख्यालयसम्म पुगेका गौतमको यो रोमाञ्चक जीवनी आफैँमा अनुकरणीय दस्ताबेज पनि बन्नपुगेको छ ।’

चार सय ७२ पृष्ठ लामो ‘कुलचन्द्र गौतमः आत्मकथा’ पुस्तकको मूल्य नेपाली बजारका लागि ७५० रुपैयाँ राखिएको छ साथै पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहने छ । ईबुकको प्रतिलिपि thuprai.com बाट पनि किन्न सकिन्छ । यो पुस्तक विश्वव्यापी रूपमा भने Amazon मार्फत् उपलब्ध हुनेछ ।