२७ भाद्र २०८३, शनिबार
,
Latest
युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०४ किलो गाँजा, ट्रक र चालक प्रहरी नियन्त्रणमा



अ+ अ-

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–३ दोबाटोबाट १०४ किलो गाँजासहित ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको डाँडाखर्कबाट दामन–डाँडाबास सडक हुँदै त्रिभुवन राजपथतर्फ आउँदै गरेको ना ७ ख ७६६४ नम्बरको मिनी ट्रक रोकेर जाँच गर्दा सो ट्रकमा लोड गरेको आलुको बोराका बीच भागमा लुकाइछिपाई ल्याएको १०४ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।

ट्रकमा गाँजा ल्याउँदै गरेको सूचनाका आधारमा हिजो मङ्गलबार साँझ प्रहरीले दोबाटोमा ट्रक रोकेर जाँच गर्दा बोराका बीच भागमा आठ वटा पोकामा लागुऔषध गाँजा फेला परेको हो । गाँजा, ट्रक र ट्रकका चालक मकवानपुरगढी गाउँपालिका–८ बुढीचौरका ४१ वर्षीय अम्बरबहादुर घिसिङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता रिमालले जानकारी दिनुभयो ।