२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीका सांसद शाहीलाई एमालेको ह्वीप लाग्छ : पूर्व स्वास्थ्यमन्त्री



अ+ अ-

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री हृदयेस त्रिपाठीले लुम्बिनी प्रदेशमा आफ्नो समूहबाट निर्वाचित सांसद अजय शाहीलाई एमालेको ह्वीप लाग्न सक्ने बताएका छन् । 

बुधबार बाँकेको नेपालगञ्जमा आयोजत एक कार्यक्रम लाई सम्बोधन गर्दै त्रिपाठीले सूर्य चिह्नबाट चुनाव लडेका कारण शाहीमाथि एमालेको ह्वीपलाग्न सक्ने बताएका हुन् । 

त्रिपाठीले आफुसंग सल्लाह नै नगरी सरकारमा सहभागी भएको भन्दै पछिल्ला दिनमा संघीय संसद र प्रदेशसभामा भइरहेका घटनालाई गाइजात्राको संज्ञा दिनुभयो ।

यस्तै त्रिपाठीले आगामी चुनावमा सूर्य चिह्नबाट चुनाव नलड्ने बताएका छन् । उनले आगामी चुनावमा आफूहरुको छुट्नै चिन्हसहित गठबन्धन बनाएर चुनावमा जाने बताए । 

२०७४ को निर्वाचनमा त्रिपाठी लगायतका केही नेता नेकपा एमालेको सुर्य चिन्ह्रबाट चुनाव लडेका थिए ।