२७ भाद्र २०८३, शनिबार
,
Latest
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई ४४ रनले पराजित देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालको पार्टी कार्यालय नयाँ बानेश्वरमा



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरेका नेता माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा रहने भएको छ । 

बुधवार निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीलाई दलको मान्यता दिएको प्रमाणपत्रमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको पार्टी कार्यालय काठमाडौंको नयाँ बानेश्वरमा भनिएको छ ।

यसअघि नेकपा एकीकृत समाजवादी पार्टी गठनको गृहकार्य नयाँ बानेश्वर स्थित अर्याल होटलमा भएको थियो । समाजवादी पार्टीका एक नेताले बानेश्वर आसपासमै केन्द्रीय कार्यालय रहने जानकारी दिए ।

माधव नेपालको पार्टी निर्वाचन आयोगमा सो पार्टीको दर्ता नम्बर १६६ रहेको छ । माधव नेपालको पार्टीले मान्यता पाएसँगै नेकपा एमाले औपचारिक रुपमै विभाजन भएको छ।