२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज धेरै स्थानमा भारी वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभागको  नजिक रहेकाले हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । 

आज मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश  १,  प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी  प्रदेशका केही स्थानहरू, अन्य प्रदेशहरूका एकरदुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । 

यसैगरी, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २,  बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका  थोरै  स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। र, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।

यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २,  बागमती, गण्डकी, लुम्बिनी  प्रदेशका  थोरै  र बाँकी प्रदेशका एकरदुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

साथै, प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।