२७ भाद्र २०८३, शनिबार
,
Latest
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई ४४ रनले पराजित देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज धेरै स्थानमा भारी वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभागको  नजिक रहेकाले हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । 

आज मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश  १,  प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी  प्रदेशका केही स्थानहरू, अन्य प्रदेशहरूका एकरदुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । 

यसैगरी, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २,  बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका  थोरै  स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। र, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।

यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २,  बागमती, गण्डकी, लुम्बिनी  प्रदेशका  थोरै  र बाँकी प्रदेशका एकरदुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

साथै, प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।