२७ भाद्र २०८३, शनिबार
,
Latest
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई ४४ रनले पराजित देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको निकास र सम्वृद्धिका लागि अध्यादेश जारि गरियो : कानूनमन्त्री कार्की



अ+ अ-

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले ल्याएको अध्यादेश मुलुकको निकास र सम्वृद्धिका लागि भएको बताएका छन् । 

बुधबार निर्वाचन क्षेत्र सुनसरी पुग्नु भएका मन्त्री कार्कीले ओली सरकार स्वार्थ केन्द्रित बन्दा मुलुक अनिर्णयको बन्दी बनेको तर्फ तर्क गर्दै जारी अध्यादेश मुलुकको निकास र सम्वृद्धिका लागि भएको बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षडयन्त्र भएको भन्दै आलोचना भैरहँदा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले अध्यादेश संसदको स्थिरताका लागि ल्याइएको जिकिर गरेका हुन् ।

कार्कीले वर्तमान सरकार छिट्टै विस्तार हुने पनि बताएका छन् । मन्त्री कार्की कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रको विस्तार र स्थानीयको समस्या बुझ्न सुनसरी पुगेका हुन् ।

मन्त्रीसँगै पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षक विभागका महानिर्देशकसहितको टोलीले स्थानीयले झेल्दै आएको हात्तीसहितका जंगली जनावरको आक्रमण रोक्न आवश्यक कार्य योजना अघि बढाउने विषयमा पहल चाल्ने बताएको छ ।