२७ भाद्र २०८३, शनिबार
,
Latest
युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालतिर जान नदिन प्रदेश-१ मा सांसद तानातान, दिइयो मन्त्रीको अफर



अ+ अ-

काठमाडौं । नेकपा एमालेको फुटको असर देशभरी देखिएका बेला प्रदेश( १ मा नेताहरु तानातान नै बनेको छ । प्रदेश १ मा मुख्यमन्त्री बन्ने दौडमा रहेका एमाले सचिव भीम आचार्यले नेकपा (एकीकृत समाजवादी) मा जाने सम्भावना भएका सांसदलाई मन्त्री बनाउने आश्वासन दिँदै आएका उदयपुरकी एमाले सांसद सुनिता चौधरीले पुष्टि गरेको हुन् । 

सांसद चौधरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालनिकट हुन्। उनका अनुसार उनीहरूको समूहका अधिकांशलाई केही दिनयता निरन्तर मन्त्री वा संसदीय समितिको सभापतिको अफर आइरहेको छ।

.‘पदको लोभमा परेर राजनीतिक अभियानबाट अलग हुने कुरै आउँदैन,’, उनले भनिन्।

मोरङकै अर्का एक सांसदले पनि मन्त्रीको अफर आएको स्वीकारे पनि त्यस्तो अफरलाई सामान्य भएको भन्दै आफूलाई मिडियामा ल्याएर विवादमा नतान्न उनले आग्रह गरेका हुन् ।

तीन दिनअघिसम्म मुख्यमन्त्री बन्न हच्किरहेका भीम आचायले  बुधबार साँझ भने आफैं पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर तत्कालै मुख्यमन्त्री बनाइदिन आग्रह  गरेको स्रोतको भनाइ छ । 

मुख्यमन्त्री बनेपछि मन्त्री र संसदीय समितिको सभापति फेरबदल गर्ने र नेपाल समूहका सांसदलाई एमालेमै टिकाउने वचन आचार्यले ओलीलाई दिएका हुन्। ओलीसँगको आचार्यको भेटपछि नै मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने र  आचार्यलाई अघि सार्ने तयारी एमालेभित्र भएको हो।