२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयरको निगरानी: राहदानी विभागको बेसमेण्टमा रहेको स्थल आईतबार देखी पार्किङका लागि खुल्ला -फोटो फिचर



अ+ अ-

काठमाडौं । राहदानी विभागले आईतबार देखी बेसमेण्टमा सेवाग्राहीको लागि पार्किङ खुल्ला गर्ने भएको छ । बिभागले आज एक सूचना प्रकाशित गर्दे आईतबार देखी सेवाग्राहीका लागि पार्किङ स्थल खुल्ला हुने जनाएकाे हाे ।

यस अघि कामनपाले हटायो राहदानी विभागको बेसमेण्टमा बनाइएका संरचना काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेण्टमा बनाइएका संरचनाहरु हटाएको थियो ।

शुक्रवार महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेण्टमा बनाइएका संरचनाहरु हटाएको हो । सेवा लिन जाने सवाग्राहीहरुले आफ्ना सवारीहरु विभाग बाहिर नै पार्किङ गर्नुपर्ने बाध्यता रहेकाले सवारी आवतजावतमा समस्या आएको गुनासो गरेपछि महानगरपालिकाले अध्ययन गरेर बेसमेण्टमा रहेका संरचनाहरु हटाएको हो । अनुगमनका क्रममा विभागले सवारी पार्किङका लागि छुट्याउनुपर्ने बेसमेण्टमा प्रतिक्षालय बनाएको पाइएको थियो ।

महानगरपालिकाले बेसमेण्टमा रहेका संरचनासहित बेञ्चहरु हटाएर पार्किङका लागि खालि गराएको छ । अवैध संरचना हटाइसकेपछि सञ्चारकर्मीसँगको कुराकानीमा काठमाडौं महानगरपलिकाका नगर प्रहरी बलका प्रमुख नगरप्रहरी उपरीक्षक राजु पाण्डेले काठमाडौं महानगरपालिका भित्र यसरी अवैध संरचना बनाएका ठाउँ ३ सय भन्दा बढी रहेको जानकारी आएको बताउनु भयो । उहाँले भवन निर्माण गर्दा के प्रयोजनका लागि नक्शा पास गरिएको हो भन्ने कुरा स्पष्ट खुलाइएकोले प्रयोजन अनुरुपको काम गर्नुपर्ने बताउनु भयो । उहाँले नागरिकहरुले पनि आफ्नो तहबाट जिम्मेवारी भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘३०० भन्दा बढी छ भन्ने सुनिएको छ । कतै स्टोरको रुपमा र कतै बेसमेण्टको रुपमा नक्शा पास भएको छ । स्टोरको रुपमा नक्शा पास भएको छ भने स्टोर गर्नुपर्छ, पसल राख्नुभएन । पार्किङ प्रयोजन हो भने पार्किङ गर्नुपर्छ । नागरिकले पनि आफ्नो तहबाट जिम्मेवार भुमिका खेल्नुपर्छ ।’

काठमाडौं महानगर क्षेत्रका व्यावसायिक प्रतिष्ठानका भवन र सार्वजनिक भवनमा सवारी पार्किङका लागि भनेर बेसमेण्ट बनाउन ‘कर छुट’ को सुविधा लिइएपनि पार्किङको लागि नभइ अन्य प्रयोजनमा प्रयोग भएको पाइएपछि महानगरपालिकाले साउन महिनामा नै ३५ दिने सूचना जारी गरेको थियो ।

उक्त सूचनाको पालना गरेको नपाइएपछि महानगरपालिकाले स्थलगत अनुगमन नै थालेर अवैध संरचनाहरु हटाउन शुरु गरेको थियो । संरचना हटाएपछि राहदानी विभागले भने भवनको नक्शाअनुसार बेसमेण्टमा पार्किङ राख्ने पहल गर्ने जनाएको छ ।