८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

म अनागरिक, कसरी जन्मदिन मनाउँ ?

म अनागरिक, कसरी जन्मदिन मनाउँ ?
अ+ अ-

काठमाडौं । २०५० साल भदौ १० गते धनुषाको गणेशमान चारनाथ नगरपालिका९ ३ भरतपुरमा जन्मिएका जित (इन्द्रजीत) साफी आज २९ वर्ष पुरा भए । आज उनको जन्मदिन तर साफीलाई जन्मदिन मनाउने कि नमनाउने भन्ने दोधार छ, जन्मदिन प्रति कुनै उत्साह नै छैन ।

नागरिकता लिने उमेरदेखि २९ वर्षको उमेरसम्म निरन्तर भोग्दै आएको तनावबाट यसपटक मुक्त हुन्छु कि भन्ने उनलाई लागेको थियो । तर फेरि उनी र उनी जस्तैले नागरिकता पाउने विधेयक राजनीतिक दाउपेचको विषय बनेको छ ।

नागरिकता दिनु नै पर्ने नागरिकलाई बाटो सहज बनाउन सरकारले नागरिकता संशोधन विधेयक ल्याउँदै गर्दा गैर नेपालीलाई पनि नागरिकता प्रदान गर्ने बाटो सहज बनाएको आशंका सहित यतिबेला यो विषय पेचिलो बनेको छ । संसदबाट पारित भै राष्ट्रपतिकोमा प्रमाणीकरणका लागि पुगेको विधेयक कतिपय बुँदामा पुनर्विचार गर्न संसदमा नै फिर्ता आएको छ ।

राष्ट्रपतिबाट फिर्ता गरिएको यो विधेयक प्रतिनिधिसभाले कुनै विषय परिवर्तन नगरी पुनः पारित गरिसकेको छ भने राष्ट्रियसभामा छलफल हुने क्रममा रहेको छ ।

जन्मसिद्ध र एकल आमाका सन्तानलाई नागरिकता दिन सरकार र संसद् जिम्मेवार नभएको उनको ठम्याई छ । त्यही कारण केही वर्षदेखि उनी नागरिकताविहीन संघर्ष समितिको संयोजक नै भएर आन्दोलनमा होमिएका छन् ।

न्युजपोलारसंग उनले भने, बुबाआमाले पढाउनु भयो, ईञ्जिनियर समेत बनें तर नागरिकता नहुँदा मैले भोग्नु परेको पीडाको बयान गरेर साध्य नै छैन ।

साफीले भारतको कुरूक्षेत्र युनिभर्सिटी हरियाणाबाट सिभिल इन्जिनियर विषयमा स्नातक (बिई) गरेका छन् । उनी आफ्नो पालिकाभरमा एक्ला दलित इन्जिनियर पनि हुन्। जन्मसिद्ध र एकल आमाका सन्तानले नागरिकता नपाउँदा समस्या परेको भन्दै साफीले न्यूजपोलारसँग भने, ‘सक्षम हुदाँहुँदै पनि राज्यले हामीलाई कहिलेसम्म नागरिकताविहीन बनाउँछ ।’

साफीकै अगुवाईमा स्थानीय निर्वाचनका बेला सबै प्रमुख दलका शीर्ष नेतादेखि जिल्ला जिल्लामा पुगेका सांसदलाई यसबारेमा स्मरण पनि गराए। उनले भने, “बुबाआमाले नागरिकता पाइसके, नागरिकता नदिने हो भने हामी कुन देशका नागरिक हो राज्यले उतै पठाइदिनु पर्यो ।”

साफीले अगाडि भने, “आमाले नौ महिना कोखमा राखेर जन्माएको बच्चालाई उही आमाको नामबाट नागरिकता दिन किन नसक्ने रु”

बच्चाको जन्मदर्ता गर्न, विद्यालय भर्ना हुन, सवारी लाइसेन्स लिन, जग्गा पास गर्न, बैंक खाता खोल्न, मोबाइलका सिमकार्ड लिन पनि नागरिकता चाहिन्छ, तर नागरिकता नभएकै कारण धेरै समस्या भोग्नु परेको उनको दुःखेसो छ ।

उनले भने, “सरकारले कि तँ नेपाली होइन भन्नुपर्यो, होइन भने नागरिकता दिनु पर्यो । आफ्ना नागरिकलाई समस्यामा राख्न भएन ।” सरकारले सुनेर पनि नसुनेको जस्तो र बुझेपनि नबुझेको जस्तो गर्दा झन् आफूहरु थप पीडित भएको उनको गुनासो छ ।