५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

छमछमी नाच्दै कमल थापाले भने ‘मकवानपुरे जनताले मलाई न्याय गर्छन्’



अ+ अ-

हेटौंडा । मकवानपुरको हेटौंडामा राप्रपा नेपाल आबद्ध महिला संगठनद्वारा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष कमल थापा महिला दिदिबहिनीहरुसङ्ग धक फुकायर छलछमी नाचेका छन् ।

नृत्यमा पनि सौख भएका थापा सांस्कृतिक पर्व तिजको शुभकामना दिने भन्दै आज हेटौंडा पुगेका हुन् । तिजको शुभकामना दिन हेटौंडा पुगेका थापाले मंचको भरपुर सदुपयोग गर्दै राजनीतिक भाषण गरे । घुमाउरो भाषामा आसन्न निर्बाचनमा आफू उम्मेदवार हुने , सबैले सहयोग गर्ने र जित्ने समेत थापाले आज उद्घोष गरे । ‘ म ५० बर्ष देखि मकवानपुरका जनताको सेवामा अबिछिन्न छु, कुनै अनैतिक र बेईमानी काम गरेको छैन, इमान्दारिता, निष्ठा र सेवा मेरो पुँजि हो, यसैको बलमा उभिएको छु, मलाई मकवानपुरका जनताको भरपुर माया र सद्भाव छ ‘ भन्दै थापाले थपे ‘ घेराबन्दी , षड्यन्त्र र अन्यायलाई मकवानपुरे जनताले सहन सक्दैनन् , म माथी त्यो भएको छ , मलाई बिश्वास छ मलाई यसपटक न्याय गर्नेछन् ‘ । मकवानपुरे जनताको सुख , दुख र बिकासमा आफू दत्तचित्त भएको भिजेको , आफ्नो उर्बर राजनितिक जीवन मकवानपुरमा नै बिताएको भन्दै थापाले महिलाहरुको हक , हित र अधिकारको संरक्षण आफ्नो प्राथमिकतामा रहेको समेत बताए ।

भावानात्मक भासण कला भएका थापाले आज कुनै राजनितिक दललाई गाली गलौज गरेनन् , महिला अधिकार र मातृ शक्तिको भुमिकाको धेरै चर्चा गरे , आफू महिलाहरुको पक्षमा रहेको अभिव्यक्ति दिए । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार आगामी निर्बाचनमा मकवानपुर -१ बाट कमल थापा उठ्ने गरि आफुहरुले सम्पुर्ण रुपमा तयारी गरेको र उहाँको बिजय सुनिश्चित गराउने गरि काम गर्नु आफुहरुको धर्म रहेको भन्दै थापा उठ्ने निश्चित भएको प्रतिक्रिया दिए ।