२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचनमा मेरो उम्मेदवारी रहन्न: पूर्वमुख्यमन्त्री पौडेल



file
अ+ अ-

बागमती । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मङ्सिर ४ मा हुने निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताउनुभएको छ ।

उहाँले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेकाले आफूले दोस्रो पुस्तालाई समर्थन गर्ने बताउनुभयो । उहाँले अहिले देशले साच्चै नै परिवर्तन खोजेको उल्लेख गर्दै अब नयाँ पूस्तालाई उम्मेदवार बनाउनु र जिताउनु नै आफ्नो मुख्य जिम्मेवारी हुने उल्लेख गर्नुभयो ।

सधैँ हामी मात्रै नेतृत्वमा जानुपर्छ र अरुले गर्नै सक्दैनन् भन्ने मनोविज्ञान त्याग्नुपर्ने बेला आएकाले सबैले यसतर्फ ध्यान दिनुपर्ने बेला आएको उहाँको भनाइ थियो । राजनीति लहड, रहर र दबाब मात्रैले नचल्ने भन्दै उहाँले दोस्रो पुस्ता मात्रै हैन अहिले नाति पुस्तासमेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेको उल्लेख गर्नुभयो ।

यसैबीच पूर्वमुख्यमन्त्री पौडेलले आज एक सन्देश जारी गर्दै मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा आफू कुनै पनि तहमा उम्मेदवार नहुने घोषणा गर्नुभएको छ । “अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई हामीले अनदेखा वा नजरअन्दाज गर्न मिल्दैमिल्दैन, त्यसैले आगामी निर्वाचनमा मेरो उम्मेदवारी हुनुपर्छ भन्ने तमाम मेरो शुभचिन्तक, नागरिक समाज, युवा विद्यार्थी तथा पत्रकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी निर्वाचनमा मेरो कुनै पनि क्षेत्रबाट उम्मेदवारी नरहने जानकारी गराउँदछु”, उहाँद्वारा जारी सन्देशमा उल्लेख छ ।

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आगामी निर्वाचनका सम्भावित उम्मेदवारका बारेमा चर्चा परिचर्चा पनि सुरु भइसकेको उहाँले उल्लेख गर्नुभएको छ । उहाँले नेकपा (एमाले)लाई विजयी गराउन लागिपर्ने सन्देशमा भन्नुभएको छ ।