१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम: साताभरि आंशिकदेखि सामान्य बदली भई वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । साताभरि नै देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार साताको सुरू तथा मध्यतिर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र साताको अन्त्यमा थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै साताको सुरू तथा मध्यतिर प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ । विभागका अनुसार देशका अधिकांश भू–भागमा अधिकतम तापक्रम हल्का घट्ने र न्यूनतम तापक्रम हल्का बढ्ने सम्भावना छ भने हिमाली भेगको तापक्रममा उल्लेखनीय परिवर्तन नहुने बताइएको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव नौ डिग्री र अधिकतम तापक्रम ३१ दशमलव दुई डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३६ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।