२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

धानका गाँज मर्न थाले, किसानलाई चिन्ता



अ+ अ-

बागलुङ । बागलुङ नगरपालिका–१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन् । जेठताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकभन्दा कम भएको पीडा व्यहोर्नुभएका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित हुनुहुन्छ ।

उहाँले यसअघि खेतमा मकै र धानका बिरुवा मरेको देख्नुभएको थिएन । सिँचाइ नभएको ठाउँमा मात्रै होइन, प्रशस्त सिँचाइ भएको खेतमा समेत धानका गाँज मरेका छन् । गाँज मर्ने रोगको विषयमा किसान अनभिज्ञ छन् । मकैबालीमा मात्रै रासायनिक मलको प्रयोग गर्ने पौडेलले कहिल्यै धानमा रासायनिक मल हाल्नुभएन । घरमै उत्पादन हुने प्राङ्गारिक र गोबर मलको भरमा उहाँले खेतबारीबाट राम्रै उत्पादन लिनुहुन्थ्यो । पछिल्ला केही वर्षयता बालीमा हुने सङ्क्रमणका कारण पौडेलजस्तै गाउँभरिका किसान मर्कामा छन् ।

अमलाचौरकै बाँसचौरका लीलाधर विकको पनि समस्या उस्तै छ । घर नजिकैको करेसामा लगाएका तरकारीका बिरुवासमेत मर्न थालेकाले उहाँ चिन्तित हुनुहुन्छ । वर्षौँदेखि खेतबारीमा काम गर्नुभएका पौडेल र विकजस्तै अमलाचौरका अधिकांश किसानले न त खेतीमा देखिएको रोग किराको सङ्क्रमणको विषयमा जानेकालाई बताउनुभयो न त आफ्नो माटोको उर्वराशक्ति खोज्नुभयोे ।

हिउँदे र वर्षेबाली दुवैमा रोग किराको सङ्क्रमण देखिन थालेपछि किसान कृषि प्राविधिकको खोजी गर्न थालेका छन् । “खेतमा धान मरेको छ, बारीको कोदो पनि जोगिएन्” पौडेल भन्नुहुन्छ, “किसानलाई हरेक हिसाबले मार परेको छ ।” बाली पहेँलो हुने, सुक्ने र कुहिने गर्ने गरेको पौडेलले बताउनुभयो । बालीमा क्षति हुने देखेपछि अमलाचौरका अधिकांश किसानले आफ्नो खेतबारीको माटोको उत्पादन क्षमताका विषयमा जानकारी लिएका छन् । तर माटोको उर्वराशक्तिभन्दा खनजोत र व्यवस्थापनले रोग किराको सङ्क्रमण बढी हुने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो ।

“हिउँदमा लगाएको मकैबाली भित्र्याएपछि राम्रोसँग खनजोत गरेर माटो नसुकाउँदा मकैको डाँठहरूमा हुने किरा माटोमा लुकेर बसेका हुन्छन्, तीनै किराले धानबालीमा आक्रमण गर्दा गाँज मर्ने हुन्छ”, भट्टराई भन्नुहुन्छ, “पर्याप्त पानी नहुने, धमिरा, खुम्रे किराको आक्रमणलगायत कारणले पनि धान, मकै तथा कोदोबाली मर्ने समस्या आउने गरेको छ ।”

रोग किराको सङ्क्रमणबाट बच्नका लागि बाली लगाउनुपूर्व सावधानी अपनाउने र रोग लागेपछि उपचार गर्ने गर्नुपर्ने भट्टराईले बताउनुभयो । बालीमा नाइट्रोजनको कमीले पनि बिरुवा मर्ने समस्या देखिने भएकाले समयमा नै कृषि प्राविधिकको सल्लाहमा उपचार र निदान खोज्न भट्टराईले आग्रह गर्नुभयोे ।

अमलाचौरको अधिकांश खेतीयोग्य जमिनको माटो अम्लिय रहेको पाइएको छ । बागलुङ नगरपालिकाको कृषि शाखाले अमलाचौर नै पुगेर गरेको परीक्षणमा अधिकांश माटोमा पिएचमान ६।५ देखिएको कृषि प्राविधिक राहुल केसीले बताउनुभयो । अमलाचौरको तीन सय ५० रोपनी क्षेत्रफलमध्ये ६७ माटोको नमूना लिएर परीक्षण गरिएको थियो । “अधिकांश माटोमा अम्लियपन देखिएको छ, यो सुधार गर्न सकिने विषय हो, हामीले कृषि चुनको प्रयोगका लागि किसानलाई सुझाएका छौँ”, केसीले भन्नुभयो ।




भर्खरै