• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

च्याम्पियन्स लिगको ‘ड्र’ सार्वजनिक, कुन समूहमा को परे ?



एजेन्सी । युइएफए च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ । बिहीबार राति टर्कीको इस्तानबुलमा आयोजित एक समारोहबाट च्याम्पियन्स लिग २०२२/२३ को समूह चरणको टिम विभाजन गरिएको हो ।

ड्र अनुसार जर्मन च्याम्पियन बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोना एकै समूहमा परेका छन् ।

लिगको प्रदर्शन आधारमा २६ टोली र प्लेअफ चरणबाट ६ गरि कुल ३२ टोलीले समूह चरमा स्थान बनाएका थिए । ८ समूहका शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।

कुन समूहमा कुन टिम ?

समूह ए : आयाक्स, लिभरपुल, नापोली, रन्जर्स

समूह बी : पोर्टो, एट्लेटिको म्याड्रिड, बायर लेभरकुसन, क्लब ब्रुज

समूह सी : बायर्न म्युनिख, बार्सिलोना, इन्टर मिलान, भिक्टोरिया प्लेजन

समूह डी : आइन्ट्राक्ट फ्रान्कफर्ट, टोटेनहम हट्सपर, स्पोर्टिङ लिस्बन, मार्से

समूह ई : एसी मिलान, चेल्सी, आरबी साल्जबर्ग, डिनामो जाग्रेब

समूह एफ : रियल म्याड्रिड, आरबी लाइप्जिग, शाख्तार डोनेस्क, सेल्टिक

समूह जी : म्यानचेस्टर सिटी, सेभिया, बोरुसिया डर्टमुन्ड, कोपनहेगन

समूह एच : पेरिस सेन्ट जर्मेन, युभेन्टस, बेन्फिका, मक्काबी हाइफा