• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार ★   हरेक निर्वाचन क्षेत्रमा कम्तिमा ३ र बढीमा ४ योजनामा बजेट विनियोजन गर्नेगरी नीति बनाउनुपर्छः भगवती…

जङ्गी अड्डामा प्रधानमन्त्री ,जनताको विश्वास र भरोसा कायम राख्न निर्देशन



काठमाडौं । रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास र भरोसा कायम राख्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ ।

जङ्गी अड्डामा आजदेखि सुरु ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७९’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेतृत्व तहमा रहेका पदाधिकारीको इमान्दारी र कर्तव्यपरायणबाट नै मातहतका फौजको हौसला र मनोबल उच्च हुने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले देशको सुरक्षा र प्रतिरक्षा जस्तो संवेदनशील जिम्मेवारी बोकेको नेपाली सेनाले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय एकतालाई बलियो बनाउन नेपाली सेनाले महत्वपूर्ण योगदान पु¥याउँदै आएको स्मरण पनि गर्नुभयो ।

उहाँले सुरक्षा तथा प्रतिरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धानलाई प्रवद्र्धन गर्न, राष्ट्रिय सुरक्षामा दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्न तथा सुरक्षासम्बन्धी नीति निर्माण तहमा समान बुझाइ विकास गर्ने उद्देश्यले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना मित्रराष्ट्रसँगको सन्तुलित सम्बन्धलगायत छिमेकी राष्ट्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर राखी राष्ट्रिय स्वार्थमा कुनै पनि किसिमको आघात हुन नदिने पक्षमा सजग र सतर्क रहँदै आएको जानकारी गराउनुभयो ।

प्रधानसेनापति शर्माले नेपाल सरकारको उच्चतम प्राथमिकतामा रहेको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनालगायतका राष्ट्रिय गौरवका आयोजनामा सम्बन्धित निकायको समन्वयमा स्रोत र साधनको सुनिश्चितता गरी निर्धारित समयभित्र निर्माण सम्पन्न गर्न नेपाली सेना कटिबद्ध रहेको जानकारी गराउनुभयो ।

राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने सबै प्रकारका गतिविधिका सम्बन्धमा नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गरिरहेको र त्यसबाट सिर्जना हुनसक्ने राष्ट्रिय सुरक्षा चुनौतीलाई सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहेको पनि उहाँले बताउनुभयो ।

सोही अवसरमा रक्षा सचिव किरणराज शर्मा र प्रधानसेनापति शर्माबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षरसमेत भएको थियो । दुईदिने बैठकमा नेपाली सेनाका विभाग, महानिर्देशनालय, कोर र निर्देशनालयका प्रमुख तथा कमाण्ड सेनापतिले आआफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवं सुझावसहितको प्रस्तुतीकरण रहने कार्यक्रम छ ।

उक्त बैठकको निष्कर्ष र सुझावले आगामी दिनमा नेपाली सेनाको नीति तथा योजना निर्माणमा ठोस योगदान पु¥याउने विश्वास लिइएको छ ।
–––