२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

जङ्गी अड्डामा प्रधानमन्त्री ,जनताको विश्वास र भरोसा कायम राख्न निर्देशन

जङ्गी अड्डामा  प्रधानमन्त्री ,जनताको विश्वास र भरोसा कायम राख्न निर्देशन
अ अ+ अ-

काठमाडौं । रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास र भरोसा कायम राख्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ ।

जङ्गी अड्डामा आजदेखि सुरु ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७९’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेतृत्व तहमा रहेका पदाधिकारीको इमान्दारी र कर्तव्यपरायणबाट नै मातहतका फौजको हौसला र मनोबल उच्च हुने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले देशको सुरक्षा र प्रतिरक्षा जस्तो संवेदनशील जिम्मेवारी बोकेको नेपाली सेनाले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय एकतालाई बलियो बनाउन नेपाली सेनाले महत्वपूर्ण योगदान पु¥याउँदै आएको स्मरण पनि गर्नुभयो ।

उहाँले सुरक्षा तथा प्रतिरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धानलाई प्रवद्र्धन गर्न, राष्ट्रिय सुरक्षामा दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्न तथा सुरक्षासम्बन्धी नीति निर्माण तहमा समान बुझाइ विकास गर्ने उद्देश्यले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना मित्रराष्ट्रसँगको सन्तुलित सम्बन्धलगायत छिमेकी राष्ट्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर राखी राष्ट्रिय स्वार्थमा कुनै पनि किसिमको आघात हुन नदिने पक्षमा सजग र सतर्क रहँदै आएको जानकारी गराउनुभयो ।

प्रधानसेनापति शर्माले नेपाल सरकारको उच्चतम प्राथमिकतामा रहेको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनालगायतका राष्ट्रिय गौरवका आयोजनामा सम्बन्धित निकायको समन्वयमा स्रोत र साधनको सुनिश्चितता गरी निर्धारित समयभित्र निर्माण सम्पन्न गर्न नेपाली सेना कटिबद्ध रहेको जानकारी गराउनुभयो ।

राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने सबै प्रकारका गतिविधिका सम्बन्धमा नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गरिरहेको र त्यसबाट सिर्जना हुनसक्ने राष्ट्रिय सुरक्षा चुनौतीलाई सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहेको पनि उहाँले बताउनुभयो ।

सोही अवसरमा रक्षा सचिव किरणराज शर्मा र प्रधानसेनापति शर्माबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षरसमेत भएको थियो । दुईदिने बैठकमा नेपाली सेनाका विभाग, महानिर्देशनालय, कोर र निर्देशनालयका प्रमुख तथा कमाण्ड सेनापतिले आआफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवं सुझावसहितको प्रस्तुतीकरण रहने कार्यक्रम छ ।

उक्त बैठकको निष्कर्ष र सुझावले आगामी दिनमा नेपाली सेनाको नीति तथा योजना निर्माणमा ठोस योगदान पु¥याउने विश्वास लिइएको छ ।
–––