• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   जलवायु परिवर्तनले समुदायमा पारेको प्रभाव न्युनिकरणका लागि तत्काल कदम चाल्नुपर्छ: प्रधानमन्त्री ★   पुष्पकमल दाहालमा अति कुर्सीमोह दलगत र गुटगत संकीर्ण चिन्तन देखापरेको छ: बाबुराम भट्टराई ★   प्रधानमन्त्रीद्वारा ‘अन्तर्राष्ट्रिय संवाद’ उद्घाटन ★   क्यानडाको टोरोन्टोको डन्डास स्क्वायरमा २५५८ औं बुद्ध जयन्ती मनाइँदै ★   ‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र ★   आफ्नै रेकर्ड तोड्दै कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा ★   सामुदायिक रेडियोको विकासमा प्रधानमन्त्रीको प्रतिबद्धता ★   क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम ★   लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ ★   सामाजिक सञ्जालका आज भाइरल दुई तस्बिर

बागलुङमा थपिए दुई हजार ८०० मतदाता



गलकोट । बागलुङमा स्थानीय निकायको निर्वाचनपछि दुई हजार ८०० बढी मतदाता थप भएका छन् । निर्वाचन आयोगले सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरेपछि जिल्ला निर्वाचन कार्यालय आन्तरिक तयारीमासमेत जुटेका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतदाता सङ्ख्या भन्दा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दुई हजार ८०० मतदाता थपिएका छन् । स्थानीयतहको निर्वाचनमा एक लाख ९३ हजार छ सय २४ मतदाता रहेकोमा अहिले एक लाख ९६ हजार दुई सय ९७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तीमध्ये एक लाख नौ हजार ४० महिला र ९५ हजार पाँच सय १७ महिला मतदाता छन् । एक वर्षभित्र दर्ता भएर १८ वर्ष उमेर नपुगेर स्थानीय तहमा मतदान समेत गर्न नपाएका मतदाता र नयाँ दर्ता भएका मतदातासहित १३ हजार बढीले यसपटकको निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

यस्तै स्थानीय तहको निर्वाचनपछि असार १ गते देखि साउन १९ गतेसम्म दुई हजार आठ सय मतदाताले मतदाना नामावली दर्ता गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी गकुल शर्माले जानकारी दिनुभयो ।

“स्थानीय तहको निर्वाचनमा रहेको मतदाता सङ्ख्याको आधारमा जम्मा दुई हजार आठ सय मतदाता थपिएका हुन्, तर उमेर नपुगेर स्थानीय तहको निर्वाचनमा मतदात गर्न नपाएका र नयाँ थपिएका गरी १३ हजार बढीले यसपटकको निर्वाचनमा मतदान गर्न सक्नेछन्” उहाँले भन्नुभयो “अहिलेको प्रदेश र सङ्घीय निर्वाचनको तयारीमा जुटेका छौँ, मतदाता अध्यावधिकपछि केही मतदाता घट्लान, भदौ महिनामै अन्तिम नामावली प्रकाशन गर्नेछौँ तर त्यसअघि वडातहमै मतदाता नामावली लगेर छलफल गर्नेछौँ ।”

गत असार १ गते देखि साउनको १९ गतेसम्म जिल्ला प्रशासन कार्यालय , इलाका प्रशासन कार्यालय बुर्तिबाङ र निर्वाचन कार्यालय, बागलुङमा मतदाता नामावली दर्ता गरिएको थियो । एक सय तीन मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङ जिल्लामा स्थानीय तहको निर्वाचनको समयमा भएको समस्या, मतदाताको पहुँच लगायतको कारण तीन मतदानस्थल स्थानान्तरण र तीन मतदानस्थल थप गरेर निर्वाचन आयोगमा पठाइएको छ ।
“स्थानीय तहको निर्वाचनमा धेरै स्थान मतदाताको पहुँच भन्दा टाढा रहेको, मतदानस्थल साँघुरो भएको लगायतका समस्याका कारण मतदान केन्द्र स्थानान्तरण र मतदानस्थल थप गरिएको हो” सूचना अधिकारी शर्माले भन्नुभयो “राजनीतिक दलमा सहमति जुटेको स्थानमा मात्रै मतदानस्थल परिवर्तन गरेका छौँ, सहमति नजुटेको थुप्रै मतदानस्थल छन् जुन साँघुरो र मतदान गर्नै सास्ती भएकोसमेत छन् तर सहमति नजुटेको स्थानलाई अहिले यथावत् नै राखिएको छ ।”

थप हुने मतदानस्थलको रुपमा ढोरपाटन नगरपालिका–६ र ढोरपाटन–२ र गलकोट नगरपालिका –१० रहेको छ । यस्तै मतदानस्थल परिवर्तन भएकोमा बागलुङ नगरपालिका–३ बौद्ध बिहारको कालिका कन्या मन्दिर, बागलुङ नगरपालिका–६ को वडा कार्यालयदेखि लहरेपिपल माध्यामिक विद्यालय र बडिगाड गाउँपालिकाको– ८ सिद्धबारी प्राविबाट भृकुटी माध्यामिक विद्यालयमा स्थानान्तरण गरिएको छ ।

अन्तिम मतादाता नामावलीका लागि दाबी विरोध, मृत्यु भएकाको नामावली हटाउने, नाम परिवर्तन गर्ने विवाह गरी गएकाको दर्ता सार्ने गरी भदौ १२ देखि १५ सम्म स्थानीय तहको वडामा मतदाता नामावली पुग्ने निर्वाचन कार्यालयको भनाइ छ ।