• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

विपद् व्यवस्थापनमा साझा धारणा आवश्यक: प्रदेश १ का सभामुख भण्डारी



विराटनगर । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले विपद् व्यवस्थापनमा सबैले साझा धारणा र भावना बनाएर काम गर्नुपर्ने बताउनुभएको छ ।

प्रदेश नं १ न्याय प्रशासन तथा विधायन समितिद्वारा आज यहाँ आयोजित ‘प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश संसद्को भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्राकृतिक विपद्लाई बर्सेनि सामाना गर्न यसको व्यवस्थापनमा विशेष जोड दिनुपर्नेमा जोड दिनुभयो ।

विपद् व्यवस्थापनमा इमान्दारिताको खाँचो रहेको औँल्याउँदै सभामुख भण्डारीले भन्नुभयो, “सामाजिक काममा ऐक्यबद्धरूपमा लाग्न सकेमा मात्र परिणाम सही आउँछ ।” आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापन सरकारले आवश्यक रणनीति र नीति बनाइरहेको बताउनुभयो । उहाँले विपद्मा सरकार उद्धार एवं राहतको कार्यसँगै बजेट विनियोजन गरेको जानकारी दिनुभयो । विपद् विकासको बाधक भएकाले यसको व्यवस्थापन नगरी प्रतिफल हासिल नहुने भन्दै मन्त्री कार्कीले विपद्ले सबभन्दा बढी गरिबलाई समस्यामा पार्ने गरेको छ भन्नुभयो ।

स्वास्थ्यमन्त्री जयराम यादवले विपद्मा खेल्नुपर्ने भूमिकाको अभावमा विपद्का घटनामा वृद्धि भइरहेको बताउनुभयो । उहाँले विपद् व्यवस्थापनमा सरकारले पूर्णरूपमा तयार रहनुपर्ने भन्दै प्रदेशको सबै जिल्ला अस्पतालको स्तरोन्नति गरी विपद् व्यवस्थापन सहयोग पु¥याउने धारणा राख्नुभयो ।

समितिका सदस्य राजकुमार ओझाले प्राकृतिक विपद्ले मात्र होइन, जङ्गली जनावर, मानवका कारण पनि विपद् हुने गरेको भन्दै सरकारलाई विपद् व्यवस्थापनमा आवश्यक काम गर्न समितिले निर्देशन दिने बताउनुभयो ।

सार्वजनिक लेखा समितिका सभापति शिवनारायण गनगाईँले प्रदेशमा विपद् व्यवस्थापनका लागि सरकारले राम्रो तयारी गर्नुपर्ने विचार राख्नुभयो ।

प्रदेशसभा सदस्य हीमादेवी बस्नेतले विपद्मा उद्धार र राहतले मात्र नपुग्ने भन्दै विपद् व्यवस्थापनका लागि सरकारले आवश्यक संरचना निर्माण गर्नुपर्ने भन्नुभयो । उहाँले गत वर्ष धनकुटामा असिनाले एक हजार आठ सय परिवारको तरकारी बाली सखाप भएको र यसमा सरकारले कुनै पनि राहत नदिएकामा गुनासो गर्नुभयो ।

समितिका सभापति इन्द्रमणि पराजुलीको सभापतित्वमा भएको सो कार्यक्रममा आन्तरिक मामिला तथा कानुन सचिव कालीप्रसाद पराजुली र विज्ञ रामचन्द्र न्यौपानेले विपद्का विषयमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।