१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘२३ औं फ्लोरा एक्स्पो’ जावलाखेलमा हुने



अ+ अ-

काठमाडौं । ‘२३ औं फ्लोरा एक्स्पो’ ललितपुरको जावलाखेलस्थित खेल मैदानमा हुने भएको छ । 

फ्लोरिकल्चर एशोसिएशन नेपालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही चैत्र १० गतेदेखि १३ गतेसम्म सो एक्स्पो आयोजना हुने जानकारी गराएको हो । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ सम्पन्न हुने सो एक्स्पोमा पुष्प व्यवसाय संचालनका लागि आवश्यक औंजारहरुको समेत प्रर्दशनी गरिने एशोसिएशनका वरिष्ठ उपाध्यक्ष एवम् एक्स्पो आयोजक समितिका संयोजक शिबबहादुर खड्काले जानकारी दिनु भयो ।

एक्स्पोमा अफिसिएल स्टल ४ वटा, प्रतियोगितात्मक स्टल २ वटा र व्यवसायिक स्टल ५६ सहित ६२ वटा स्टल रहनेछन । स्टलमा रहेका फूलविरुवाहरुबीच प्रतिस्पर्धा गराई उत्कृष्ट हुने पुष्प व्यवसायीलाई नगद, शिल्डसहित प्रमाणपत्रद्धारा सम्मान गरिने कार्यक्रम समेत रहेको एक्स्पो आयोजक समितिले जनाएको छ । 

फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजना, पुष्प विकास केन्द्रको सहआयोजना तथा बागमती प्रदेश सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र कृषि विभागको सहयोगमा सम्पन्न हुने मेलाको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गर्नुहुनेछ । एक्स्पोमा ४५ हजारले अवलोकन गर्ने र करिब ७५ लाखसम्मको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।