• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   ‘नेपाल आइडल–५’ को उपाधि करणले जिते ★   कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य ★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने ★   उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन ★   पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न

लेटाङ घटनाको जाँचबुझ हुन्छः गृहमन्त्री खाण



file

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मोरङको लेटाङ नगरपालिका–५ मा आइतबार महिला प्रहरी जवानको मृत्युको घटनाको जाँचबुझ गरिने बताउनुभएको छ ।  

गृहमन्त्री खाँणले शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको घटनामा छानबिन गरिने र छानबिनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

फागु पूर्णिमाका दिन यही चैत ४ गते शिक्षा विकास माद्यामिक विद्यालयकी छात्रालाई शिक्षक मनोज पौडेलले दुव्र्यवहार गरेको भन्दै विद्यालयका छात्रछात्रा र अभिभावकसमेतको अनियन्त्रित भीडले विद्यालयमा आगजनी तोडफोड र ढुङ्गामुढा गरेको थियो ।

उक्त अवस्थालाई सामान्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगरस्थित रानी गणमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठ आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएकामा उपचारको क्रममा मृत्यु भएको थियो । “शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको मोरङको लेटाङ घटनाको जाँचबुझ हुन्छ”, गृहमन्त्री खाँणले भन्नुभयो, “छानबिनमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिबद्ध छ ।”

गृहमन्त्री खाँणले शान्ति सुरक्षा कायम गर्ने क्रममा मृत्यु भएकी महिला प्रहरी जवान श्रेष्ठप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ । उहाँले कर्तव्य पालनाको सिलसिलामा घाइते भएका सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।

गृहमन्त्री खाँणले मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीलाई टेलिफोन गरी कर्तव्य पालनाको सिलसिलामा घाइते भएका सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । घटनामा घाइते भएका २९ प्रहरीमध्ये पाँच प्रहरीको कोशी अस्पतालमा उपचारारत रहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।