• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने

युक्रेन आफ्नो स्वतन्त्रताका लागि लडिरहेको छ: अमेरिकी राजदुत बेरी



काठमाडौँ । नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले ३१ वर्षअघि युक्रेनले सोभियत संघबाट स्वतन्त्रता पाएको तर आज फेरि युक्रेन आफ्नो स्वतन्त्रताका लागि लडिरहेको बताउनुभएको छ ।

उहाँले ट्विट गर्दै भन्नुभएको छ, “आज युक्रेनको राष्ट्रिय दिवसका दिन हामी युक्रेनी जनता र बाँकी संसारसँगै युक्रेनी जनताको भावना र बलको उत्सव मनाउँदैछौँ । साथै युक्रेनमा युद्ध सुरु भएको छ महिना पुगिसकेको छ । यी छ महिना डर र अनिश्चिततामा बितेका छन् ।

आफ्नो स्वतन्त्रता सराहना गर्नप्रति समर्पित हुनुपर्ने आजको दिनमा युक्रेनी जनताहरु क्रुर, अकारणको आक्रमणका विरुद्ध लड्दै स्वतन्त्रता मनााउन बाध्य हुनुपरेको छ । युक्रेन आफ्नो स्वतन्त्रताको रक्षा गर्न सफल हुनसक्छ र सफल हुनेछ । आफ्नो साहस र क्रुरताको अवज्ञाबाट युक्रेनले विश्वलाई प्रेरित गरेको छ । हामी सबैले युक्रेनलाई मानविय, आर्थिक र सैन्य सहायतामार्फत सहयोग गरि नै रहनुपर्दछ र रुसी सेना युक्रेनबाट नहटेसम्म रुसमाथि दबाब बढाउन छाड्नु हुँदैन । हामी सबै युक्रेनी जनताको साथमा उभिएका छौँ ।”

युक्रेनी जनतालाई रुसको हिंसा र उत्पीडनबाट मुक्त गर्न अमेरिकाले #UnitedwithUkraine, को साथमा उभिन जारी राखेको राजदूतले बताउनुभएको छ ।