२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेवाः सम्पदा संरक्षण गरेर पर्यटक आकर्षित गर्नुपर्छ: मन्त्री श्रेष्ठ



file
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले राजधानीको नेवाः संस्कृति र सम्पदा संरक्षण गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउन वर्तमान सरकार लागिपरेको बताउनुभएको छ ।

नेवार समुदायको राष्ट्रिय सङ्गठन नेवाः देय् दबुले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रबाट स्वयम्भू दरबार क्षेत्र जाने दुई दशमलव दुई किमी सम्पदा ट्रेल निर्माण गरी पर्यटक आकर्षित गर्न लागिएको बताउनुभयो ।

राजधानीमा रात्रिकालीन पर्यटन प्रवद्र्धन, मूर्त, अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको उहाँले सुनाउनुभयो । शङ्खधर साख्वा राष्ट्रिय पुरस्कार स्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता पनि कार्यक्रममा मन्त्री श्रेष्ठले जनाउनुभयो । “काठमाडौँ शहरको कला, संस्कृति र सम्पदाको जगेर्नाका साथसाथै यससँग आबद्ध स्थानीय समुदायको आयआर्जन हुने उपाय पहिल्याउने प्रयासमा लागेको छु”, –उहाँले भन्नुभयो ।

सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संविधानमा भएको व्यवस्थाअनुसार स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र खडा गर्ने प्रस्तावलाई आफूले अघि बढाएको जानकारी दिँदै अहिले अर्थ मन्त्रालयमा त्यो प्रस्ताव विचाराधीन रहेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले बालबालिकालाई मातृभाषा सिक्न मद्दत पुग्ने बालमैत्री श्रव्यदृश्य सामग्री बनाउने तयारी महानगरपालिकाले थालेको जानकारी गराउनुभयो । नेवाः देय् दबूका संरक्षक मल्ल के सुन्दरले सङ्गठनको केन्द्रीय नेतृत्वले देशभर रहेका आफ्ना शाखा उपशाखालाई सक्षम नेतृत्व प्रदान गर्न सक्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा अध्यक्ष पवित्र बज्राचार्य, महासचिव सत्यनारायण डङ्गोललगायतले नेवाः जातिको संस्कृति संरक्षण गरी पर्यटक आकर्षित गरेर आर्थिक उन्नति गर्न सकिने भएकाले तीनै तहका सरकारको ध्यान यसतर्फ जानुपर्नेमा जोड दिनुभयो । सो अवसरमा मन्त्रीद्वय श्रेष्ठ र महानगरपालिकाका उपप्रमुख डङ्गोललाई सम्मानपत्र प्रदान गरिएको थियो ।

धरान महाधिवेशनबाट नियुक्त सल्लाहकार एवं संरक्षकहरू तीर्थराम डङ्गोल, मल्ल के। सुन्दर, प्रा डा गीताभक्त जोशी, मुक्ति प्रधान, डा पुष्पराज राजकर्णिकार, डा महेशमान श्रेष्ठ, प्रा डा त्रिरत्न मानन्धर, त्रिरत्न शाक्य, सुवर्णकेशरी चित्रकार, दीनेश श्रेष्ठ, राजेन्द्र मल्ललगायतलाई नियुक्ति पत्र प्रदान गरिएको थियो ।




भर्खरै