१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भोट घट्ला भनेर पर्खाल, घर छुनसमेत नसक्ने मेयरहरूले बालेन्द्र र बाबुरामबाट केही सिक्छन् कि ?’



फाईल फोटो
अ+ अ-

काठमाडौँ । अभिनेता दीपकराज गिरीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)को अनधिकृत संरचना हटाउने अभियानलाई समर्थन जनाएका छन् ।

काठमाडौँका मेयर बालेनले अनधिकृत संरचना हटाउने कामलाई अभियानकै रूपमा सुरु गरेका छन् । सोमबार नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउन्डमा राखिएका पसल र संरचना हटाएर पार्किङ गर्ने ठाउँ बनाउने अभियान सुरु गरेको महानगरले आज बुधवार न्युरोड क्षेत्रका संरचनामा डोजर चलाएको छ ।

यसैबीच सामाजिक सञ्जालमार्फत गिरिले भोट घट्ला भनेर बाटोमा टाँसेर बनेका पर्खाल, घरलाई छुनसमेत नसक्ने मेयरहरूले बालेन्द्र र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबाट सिक्नुपर्ने बताएका हुन् ।

गिरिले फेसबुकमा लेखेका छन् ‘बालेन जे गर्दैछन्, बाबुरामले जे गरे, भोट घट्ला भनेर बाटोमा टाँसेर बनेका पर्खाल, घरहरूलाई छुनसमेत नसक्ने मेयरहरूले केही सिक्छन् कि ?’