काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भदौ १५ गते ११ बजे सोधपुछ गर्ने भएको छ । महाअभियोग सिफारिस समितिको आज बसेको बैठकले कार्यतालिका पारित गर्दे प्रधानन्यायधीश राणासँग सोधपुछ गर्ने मिति तय गरेको हो ।
समितिको बैठकले कार्यविधि र कार्यतालिका समेत पारित गरेको छ । समितिमा एक सदस्यका अनुसार महाअभियोगका बारेमा नागरिकहरुसँग पनि पत्र मार्फत सुझाव लिने , न्याय र कानूका क्षेत्रमा क्रियाशिल राष्ट्रिय संस्थाहरुलाई पत्राचार गर्ने समेत बैठकले निर्णय गरेको छ ।
कार्यतालिका अनुसार भदौ १८ गते भित्र यस बिषयमा निर्णय गर्ने निर्णयमा पुग्ने पनि सहमति भएको छ । बैठकमा एमालेका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले संसदको चालु अधिवेशनबाट नै यो बिषयको निरुपण हुनु पर्ने दृष्टिकोण राखेका थिए ।