२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश राणासँग भदौ १५ गते सोधपुछ गर्ने



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भदौ १५ गते ११ बजे  सोधपुछ गर्ने भएको छ । महाअभियोग सिफारिस समितिको आज बसेको बैठकले कार्यतालिका पारित गर्दे प्रधानन्यायधीश राणासँग सोधपुछ गर्ने मिति तय गरेको हो ।

समितिको बैठकले कार्यविधि र कार्यतालिका समेत पारित गरेको छ । समितिमा एक सदस्यका अनुसार महाअभियोगका बारेमा नागरिकहरुसँग पनि पत्र मार्फत सुझाव लिने , न्याय र कानूका क्षेत्रमा क्रियाशिल राष्ट्रिय संस्थाहरुलाई पत्राचार गर्ने समेत बैठकले निर्णय गरेको छ ।

कार्यतालिका अनुसार भदौ १८ गते भित्र यस बिषयमा निर्णय गर्ने निर्णयमा पुग्ने पनि सहमति भएको छ । बैठकमा एमालेका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले संसदको चालु अधिवेशनबाट नै यो बिषयको निरुपण हुनु पर्ने दृष्टिकोण राखेका थिए ।