१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटमा चार हजार पाँच सय ३७ मतदाता थपिए



अ+ अ-

नुवाकोट । नुवाकोटमा चार हजार पाँच सय ३७ मतदाता थप भएका छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ३७ हजार चार सय ३४ मतदाताले मताधिकार प्राप्त गरेका थिए । स्थानीय तहको निर्वाचनपश्चात् नयाँका लागि गत असार १ गतेदेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको थियो ।

आगामी मङ्सिर ४ गते सङ्घ र प्रदेशको निर्वाचन हुने मिति तोकेपछि मतदाता नामावली सङ्कलन कार्य रोकिएको थियो । असार १ गतेदेखि साउन २० गतेसम्म जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय सातबिसे र निर्वाचन कार्यालयमा गरी चार हजार पाँच सय ३७ ले मतदाताको लागि फोटो खिचाएको निर्वाचन कार्यलय निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभयो ।

थप भएकासहित नुवाकोटमा कूल मतदाताको सङ्ख्या दुई लाख ४१ हजार नौ सय ७१ पुगेको निर्वाचन अधिकारी गौतमले जानकारी दिनुभयो ।