• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी

सिजन सुरु भइसकेपछि पनि किन बार्सिलोना र म्यानचेस्टर सिटीबीच मैत्रीपूर्ण खेल हुँदैछ ?



काठमाडौँ । स्पेनिस फुटबल क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर सिटीले आज मैत्रीपूर्ण खेल खेल्दैछन् ।

बार्सिलोनाले खेल्ने शीर्ष लिग ला लिगामा दुई चरणका र सिटीले खेल्ने शीर्ष लिग इंग्लिस प्रिमियर लिगमा तेस्रो चरणका खेलहरु भइसकेका छन् ।

यस्तो अवस्थामा यी दुई क्लब आज बुधबार मध्यरात १ः१५ बजे बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा आमनेसामने हुन लागेका हुन् ।

यसका लागि सिटीको टोली बार्सिलोना पुगेर दुई दिन प्रशिक्षण गरिसकेको छ । यस खेलका लागि सिनियर टोलीकै खेलाडी उतार्ने सिटीका प्रशिक्षक पेप गर्डिवालाको तयारी छ ।

यता बार्सिलोनाले पनि सिनियर टोलीका खेलाडी नै उतार्नेछ । मैत्रीपूर्ण खेल भएकाले टोलीले चाहेजति खेलाडी परिवर्तन गर्न पाउँछन् ।

नशासम्बन्धि घातक रोग एम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस (एएलएस)बारे सचेतना जगाउन खेल आयोजना गरिएको हो । यस खेलबाट संकलित रकम लुजोन फाउन्डेसनलाई प्रदान गरिनेछ ।

यस्तै, पूर्व स्पेनिस तथा बार्सिलोना गोलरक्षक जोआन कार्लोस उन्जुएका लागि सहयोग रकम संकलन गरिने पनि बताइएको छ । उन्जुएलाई सन् २०२० मा एएलएस देखिएको थियो ।