२७ भाद्र २०८३, शनिबार
,
Latest
बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा सङ्क्रमितको दोब्बर निको



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थपिएका कोरोना सङ्क्रमितको दोब्बर सङ्ख्यामा निको भएका छन् । यस अवधिमा ३२८ सङ्क्रमित थपिएका छन् भने त्यसको दोब्बर ६५६ जना निको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 
    
पछिल्लो २४ घण्टामा प्रदेशमा सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । मृत्यु हुनेमा कास्कीका छ, तनहुँ, पर्वत र म्याग्दीका एक÷एक जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २६८ जना पुगेको छ ।